१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
समाचार

News

जनजाति प्रतिष्ठान ऐन संशोधन हुनुपर्छ : अधिकारकर्मी

सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिको उत्थानका निम्ति प्रदेश र स्थानीय तहसम्म पहुँच विस्तार गर्नुपर्ने अधिकारकर्मीले बताएका छन् । त्यसनिम्ति संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ संशोधन गर्नुपर्ने उल्लेख गरेका छन् । 

जनजाति प्रतिष्ठान ऐन संशोधन हुनुपर्छ : अधिकारकर्मी

किन झूट बोल्यो प्रहरीले ?

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा प्रहरीले मृत्युको गलत सूचना फैलाएर भीड नियन्त्रण प्रयास गरेको तथ्य खुलेको छ । केसीलाई लैजान स्थानीयले अवरोध गरेपछि अस्पताल परिसरभित्रै प्रहरीले बल प्रयोग गरेको थियो ।

किन झूट बोल्यो प्रहरीले ?

केन्यामा रात्रि क्लबबाट २१ नेपाली युवतीको उद्धार

मजुरा नाचको लागि मानव तस्करले अफ्रिकी मुलुक केन्या पुर्‍याएका २१ नेपाली युवतीलाई प्रहरीले बिहीबार राति क्लबबाट उद्धार गरेको छ । उनीहरुलाई केन्यास्थित वेस्टल्यान्ड क्षेत्रका दुई रात्रिकालीन क्लबबाट उद्धार गरेको हो ।

केन्यामा रात्रि क्लबबाट २१ नेपाली युवतीको उद्धार

समृद्धिका लागि सहयोग जारी रहनेछ : अमेरिकी राजदूत

अमेरिकी राजदूत अलैना बी टेप्लिट्जले नेपाल समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताएकी छन् । उनले राजनीतिक स्थिरतापछि देश आर्थिक समृद्धिमा जाने आधार तयार भएकाले यसको उपयोगमा नेताहरू नचुक्ने विश्वास आफ्नो रहेको बताइन् ।

समृद्धिका लागि सहयोग जारी रहनेछ : अमेरिकी राजदूत

सांसद चौधरीलाई सपथ खुवाउन राजपाको कसरत

राष्ट्रिय जनता पार्टी (राजपा) ले फौजदारी अभियोगमा थुनामा रहेका आफ्ना पार्टीका सांसद रेशम चौधरीलाई रिहा गरी सपथ गराउने व्यवस्था गर्नुपर्ने माग सरकारसमक्ष पुन: दोहोर्‍याएका छन् ।

सांसद चौधरीलाई सपथ खुवाउन राजपाको कसरत

सडकमा सुतेर सदन, सरकार हल्लाउने काम भइरहेको छ : मुख्यमन्त्री पौडेल

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अनशनरत डा. गोविन्द केसीलाई लक्षित गरी सडकमा सुतेर सरकार हल्लाउने काम भइरहेको आरोप लगाएका छन् ।

सडकमा सुतेर सदन, सरकार हल्लाउने काम भइरहेको छ : मुख्यमन्त्री पौडेल

शिक्षण अस्पतालका निर्देशक डा. महराले दिए राजीनामा

त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. दीपक महराले पदबाट राजीनामा दिएका छन् । डा. महराले शुक्रबार चिकित्साशास्त्र अध्ययन संस्थानका डिन कार्यालयमा राजीनामा बुझाएका हुन् ।

शिक्षण अस्पतालका निर्देशक डा. महराले दिए राजीनामा

देउवाद्वारा डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सभापति देउवाले शुक्रबार दिउँसो त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत डा.केसीको स्वास्थ्य अवस्था बुझेको उनको सचिवालय जानकारी दिएको छ ।

देउवाद्वारा डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं प्रहरीमा औषतमा दैनिक १९ उजुरी र २५ पक्राउ

काठमाडौंमा दैनिक कतिवटा मुद्दा प्रहरीमा दर्ता हुन्छन् होला ?  प्रहरीले एक दिनमा कति अभियुक्तलाई पक्राउ गर्छ होला? प्रहरीको तथ्यांकले भन्छ, दैनिक औषतमा १९ उजुरी पर्छ र २५ जना पक्राउ पर्छन् । 

काठमाडौं प्रहरीमा औषतमा दैनिक १९ उजुरी र २५ पक्राउ

साउदीमा अलपत्र ३८ नेपाली चार दिनदेखि भोकै

साउदी अरबमा अलपत्र ३८ नेपाली चार दिनदेखि भोकै भएको पीडितहरुले बताएका छन् । गत सोमबार बेलुकीदेखि आफूहरु भोकै बस्न बाध्य भएका खोटाङ जालपाका शेषन श्रेष्ठले बताए । गत फागुन १ गते साउदी अरब पुगेका उनीहरु सम्झौताअनुसारको काम र तलब नपाउँदा अलपत्र परेका हुन् ।

साउदीमा अलपत्र ३८ नेपाली चार दिनदेखि भोकै

बाल यौन दुराचारीको आरोपमा स्विस नागरिक पक्राउ

बालकलाई होटलमा बोलाएर यौन दुराचार गर्ने ६६ वर्षीय स्विस नागरिक पिटर क्रिश्चियन ल्यागेनड्रोफलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार पिटरले १६ वर्षीय बालकलाई फेसबुक म्यासेन्जरमार्फत ललाइफकाई काठमाडौं चुच्चेपाटीमा रहेको होटलमा बोलाएर यौन दुराचार गरेका थिए ।

बाल यौन दुराचारीको आरोपमा स्विस नागरिक पक्राउ

४० वर्षदेखि ओछ्यानमा !

मध्यविन्दु नगरपालिका–१० अरुणखोलाका कनुवा चौधरी ४० वर्षदेखि अाेछ्यानमै छन् । अतिबिपन्न परिवारका ५२ वर्षीय कनुवा चौधरी २०३५ सालदेखि ओछयानमा थलिएका छन् । उनको हात, खुट्टा बाङ्गिएका छन् भने शरीर सुक्दै गएको छ । 

४० वर्षदेखि ओछ्यानमा !

सरकारको चरित्र अधिनायकवादी : सिंह 

कांग्रेस नेता प्रकाशमान सिंहले वर्तमान सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप लगाएका छन् । जुम्लामा स्वास्थ्य संस्थामाथि गरिएको प्रहरी धरपकडको आलोचना गर्दै नेता सिंहले सरकारले गर्नै नहुने काम गरिरहेको बताए । 

सरकारको चरित्र अधिनायकवादी : सिंह 

स्तब्ध जुम्ला !

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै जुम्ला पनि स्तब्ध भएको छ । बिहीबार दिनभर तनावग्रस्त बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले सुनसान छ ।

स्तब्ध जुम्ला !

सोसल मिडियामाथि नियमन हुन्छ : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सोसल मिडियामा आएका सबै सूचना सही हुन नसक्ने भन्दै त्यसमाथि नियमन गरिने बताएका छन् । मूलधारका सञ्चारमाध्यम नियम कानुनको दायरामा हुने भए पनि सोसल मिडियाका कैयन् अभिव्यक्ति समाजका लागि हानिकारक हुन सक्ने भएकाले त्यसका लागि सम्बद्ध व्यक्तिलाई नै जिम्मेबार बनाइने उनले बताए ।

सोसल मिडियामाथि नियमन हुन्छ : सञ्चारमन्त्री

मोदी भ्रमणको खर्च अझै गुपचुप

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा भएको सरकारी खर्च अझै गुपचुप राखिएको छ । प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले दुई महिना बित्दा पनि खर्च विवरण सार्वजनिक नगरेका हुन् ।

मोदी भ्रमणको खर्च अझै गुपचुप

दिउँसो घर राति टेन्टमा

वर्षापछि आएको पहिरोले सहिद लखन गाउँपालिका–६ घैरुङका ५० घरपरिवार विस्थापित भएका छन् । पहिरोको त्रासले घैरुङको तीनघरेका ३० र अँधेरीका २० परिवारले घर छाडेका हुन् । ‘दिउँसो घर जान्छाैं । खाना पकाएर खान्छौं, गाईबस्तु हेर्छाैं,’ स्थानीय गणेश थापाले भने, ‘रात परेपछि ओढ्ने, ओछ्याउने बोकेर टेन्टमा सुत्छौं ।’

दिउँसो घर राति टेन्टमा

‘सरकारबाट मानव अधिकार उल्लंघन’

मानव अधिकारको विश्वव्यापी सिद्धान्तले भन्छ, ‘हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्ने अधिकार छ, जसको संरक्षण राज्यले गर्नुपर्छ ।’ यही सिद्धान्तलाई आधार मानेर सरकारले जुम्लामा अनशनरत डा.गोविन्द केसीलाई काठमाडौं ल्यायो तर ल्याउने क्रममा भएको प्रहरी दमन र बल प्रयोगले भने विरोध गर्न पाउने डा.केसी र उनका समर्थकको अधिकार हनन हुन पुगेको भन्दै अधिकारवादीले निन्दा गरेका छन् ।

‘सरकारबाट मानव अधिकार उल्लंघन’

आयोग र समितिहरू खारेज

नयाँ आर्थिक वर्ष सुरु भएसँगै प्रधानमन्त्री कार्यालयअन्तर्गतका कर्णाली र सुदूरपश्चिम विकास आयोग खारेज भएका छन् । ती क्षेत्रको उत्थानमा काम गर्न भन्दै २०६९ भदौ २५ मा बनेका ती आयोगको काम अब प्रदेश सरकारमार्फतै हुने भएपछि खारेज गरिएको हो ।

आयोग र समितिहरू खारेज

जबर्जस्ती उठाइए केसी

डा. गोविन्द केसीको अनशनबारे कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केही दिन अघि भनेका थिए– यो संघीय सरकारको मामिला हो । तर, बिहीबार बिहान तिनै मुख्यमन्त्रीलाई संघीय सरकारले जुम्ला पठायो । समन्वयकर्ताका रूपमा भनिए पनि नेपाली सेनाको हेलिकप्टरमा आएका मुख्यमन्त्री नेतृत्वको टोलीलाई स्पष्ट निर्देशन थियो– केसीलाई जसरी पनि जुम्लाबाट उठाएर काठमाडौं पुर्‍याउनू ।

जबर्जस्ती उठाइए केसी

सुनसान अस्पताललाई सम्बन्धन !

लोकन्थली पुलमा राखेको ब्यानरमा लेखिएको सेवा सुविधा हेर्दा लाग्छ, समिट अस्पताल चौबिसै घण्टा सञ्चालनमा छ र बिरामीको चाप थेगिनसक्नु छ । तर, अस्पतालको गेटभित्र छिरेपछि थाहा हुन्छ, यहाँ बिरामीको संख्या शून्य छ । ओपीडीमा पनि फाट्टफुट्ट बिरामी आउँछन् । आईसीयू सुविधासमेत भएको यो अस्पतालमा साताअघि पुग्दा जनरल वार्डमा एकजना पनि बिरामी थिएनन् ।

सुनसान अस्पताललाई सम्बन्धन !

विपक्षमा रहँदा समर्थन सत्तामा पुग्दा मौन

पुस्तक प्रकाशन गृह फाइन प्रिन्टका प्रकाशक अजित बरालले प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले २०७१ चैत ११ मा गरेको ट्वीट मेन्सन गर्दै बिहीबार लेखे– ‘हिजो समर्थन, अहिले विरोध ।’ नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री रहेका बेला पनि डा. गोविन्द केसी अनशन बसेका थिए ।

विपक्षमा रहँदा समर्थन सत्तामा पुग्दा मौन