कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सरकारको चरित्र अधिनायकवादी : सिंह 

अर्जुन शाह

धनगढी — कांग्रेस नेता प्रकाशमान सिंहले वर्तमान सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप लगाएका छन् । जुम्लामा स्वास्थ्य संस्थामाथि गरिएको प्रहरी धरपकडको आलोचना गर्दै नेता सिंहले सरकारले गर्नै नहुने काम गरिरहेको बताए । 

सरकारको चरित्र अधिनायकवादी : सिंह 

‘कहिलै उपकुलपतिलाई एयरपोर्टबाटै फर्काइन्छ, कहिले अस्पतालमा काम गरिरहेको डाक्टरलाई जबरजस्ती उठाएर मन्त्रालयमा पुर्‍याइन्छ,’ नेता सिंहले भने, ‘डा. केसीका मागलाई सम्बोधन गर्नुको साटो सरकारले दबाउने प्रयास गरिरहेको छ ।’


शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुराकानीमा गर्दै सिंहले बिहीबार जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्रै सुरक्षाकर्मीद्वारा गरिएको धरपकड सबैकालागि लज्जाको विषय रहेको बताए । उनले अहिलेको सरकारले सहरमुखी र व्यापारीहरुलाई फाइदा हुनेगरी चिकित्सा शिक्षा विधेयक ल्याउन खोजेको आरोपसमेत लगाए ।


हरेक प्रदेशमा सरकारी मेडिकल कलेज र गुणस्तरीय स्वास्थ्य संस्था खोल्नुपर्नेमा जोड दिदै उनले सरकारले व्यापारीहरुलाई फाइदा हुने क्रियाकलापमा ध्यान केन्द्रित गरिरहेको आरोप लगाए ।


‘डा. गोविन्द केसीका माग जायज छन्,’ उनले भने, ‘नेकपाको सरकारले चिकित्सा शिक्षा विधेयक आफनै पार्टी, कार्यकर्ता, लगानीकर्ताहरुलाई बढावा दिने गरी तोडमोड गरेर ल्याउन लागेको छ ।’


माथेमा आयोगले दिएको सुझावअनुसार विधेयक जारी भएमा अस्पतालको गुणस्तर, गरीब नागरिकको शिक्षामा पहुँच र शिक्षा क्षेत्रमा सुधार हुने उनको भनाई थियो । आम नागरिकको हित विपरित काम गरेमा कांग्रेसले सडकदेखि सदनसम्म सशक्त ढंगले प्रदर्शन गर्ने चेतावनी दिए ।

प्रकाशित : श्रावण ४, २०७५ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?