कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

काठमाडौं प्रहरीमा औषतमा दैनिक १९ उजुरी र २५ पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — काठमाडौंमा दैनिक कतिवटा मुद्दा प्रहरीमा दर्ता हुन्छन् होला ?  प्रहरीले एक दिनमा कति अभियुक्तलाई पक्राउ गर्छ होला? प्रहरीको तथ्यांकले भन्छ, दैनिक औषतमा १९ उजुरी पर्छ र २५ जना पक्राउ पर्छन् । 

काठमाडौं प्रहरीमा औषतमा दैनिक १९ उजुरी र २५ पक्राउ

प्रहरी परिसर काठमाडौंका अनुसार औसतमा दैनिक १९ वटा उजुरी प्रहरीमा दर्ता हुन्छन् । प्रहरी परिसर काठमाडौंमा मात्रै आर्थिक वर्ष २०७४/७५ मा मात्रै ६ हजार ८ सय ४१ वटा मुद्दा दर्ता भए । यो संख्या अघिल्लो आर्थिक वर्ष भन्दा ३३ प्रतिशतले बढी हो ।


अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा प्रहरी परिसर काठमाडौंमा ४ हजार ५ सय ८२ वटा मुद्दा दर्ता भएका थिए । प्रहरीले मुद्दा दर्ताको संख्या बढेपछि जघन्य र ठुला अपराधमा भने कमी आएको बताएका छ ।


प्रहरीले सार्वजनिक अपराधमा सबैभन्दा धेरै बढोत्तरी भएको जनाएको छ । अघिल्लो आर्थिक वर्षभन्दा यस आर्थिक वर्षमा सार्वजनिक अपराधमा १५ सय १४ ले बृद्धि भएको छ । आर्थिक बर्ष २०७३/७४ मा २ हजार २ सय ६९ वटा सार्वजनिक अपराधको मुद्दा दर्ता भएको थियो भने पछिल्लो आर्थिक वर्ष २०७४/७५ मा यो संख्या ३ हजार ७ सय ८३ पुगेको छ ।


प्रहरीले एक दिनमा कति अभियुक्तलाई पक्राउ गर्छ होला? आर्थिक बर्ष २०७४/७५ मा प्रहरीले औसतमा दैनिक २५ जना अभियुक्तलाई पक्राउ गरेको देखिन्छ । प्रहरीले आर्थिक वर्ष २०७४/७५ मा ६ हजार ८ सय ४१ मुद्दा सम्बद्ध ९ हजार १ सय २ जनालाई पक्राउ गरेको थियो । यो वर्षमा विभिन्न मुद्दाका ६ सय ९२ जना फरार अभियुक्तहरु रहेका छन् । प्रहरी परिसर काठमाडौंका अनुसार साउन महिनामा सबैभन्दा धेरै अर्थात ३ सय ८९ मुद्दा दर्ता भएका छन भने सबैभन्दा कम जोडो महिना र गर्मी महिनामा भएका छन् ।


प्रकाशित : श्रावण ४, २०७५ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?