१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

शिक्षण अस्पतालका निर्देशक डा. महराले दिए राजीनामा

काठमाडौँ — त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. दीपक महराले पदबाट राजीनामा दिएका छन् । डा. महराले शुक्रबार चिकित्साशास्त्र अध्ययन संस्थानका डिन कार्यालयमा राजीनामा बुझाएका हुन् ।

शिक्षण अस्पतालका निर्देशक डा. महराले दिए राजीनामा

‘मेरो राजीनामालाई डा.केसी आदिको आन्दोलनसँग जोड्ने प्रयास गरिँदैछ, तर यो नितान्त पारिवारिक कारण हो, जो मेरा सहकर्मीहरु समेत बुझ्छन्’, डा.महराले आफ्नो कार्यकालमा ९ पटकसम्म डा.केसीको अनशनलाई सफल रुपमा प्रबन्ध गरिएको जनाए ।


आफू निर्देशक बन्दा तलब खुवाउने स्थिति समेत नरहेकोमा हाल दुई तीन महिनाको अग्रिम तलब खुवाउन सकिने स्थितिमा शिक्षण अस्पताललाघ पुर्‍याएको दाबी गर्दै डा.महराले महाभूकम्प, नाकाबन्दीजस्ता अवस्थामा समेत सबैको सहयोगले अधिकतम सेवा प्रवाह गर्दै अस्पताललाई सही दिशामा लगेको बताए ।


उनले आफ्नो कार्यकालमा अस्पतालको व्यापक विकास र आर्थिक समृद्धि भएको दाबी समेत गरे । प्रा.डा. महराको ४ वर्षे कार्यकाल करिब ५ साताअघि नै सकिए पनि त्रिवि कार्यकारी परिषद्ले अर्को व्यवस्था नभएसम्मको लागि भन्दै ३ महिना कार्यकाल थपेको थियो ।

प्रकाशित : श्रावण ४, २०७५ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?