कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

द्वन्द्वपीडितको राहत फिर्ता

रोल्पा — द्वन्द्वपीडित राहत रकम फिर्ता भएको छ । कर्मचारीको लापरबाहीले १७ लाख ७५ हजार फिर्ता गएको हो । गृह मन्त्रालयले द्वन्द्व विस्थापितमध्ये ७९ जनालाई २५ हजारका दरले राहत बाँड्न रकम पठाएको थियो । कर्मचारीले कागजी प्रक्रियामा त्रुटि गरेपछि रकम फिर्ता भएको छ ।

द्वन्द्वपीडितको राहत फिर्ता

‘कागजी प्रक्रियामा सामान्य गल्ती भएकाले त्यो रकम गत आर्थिक वर्षमै फिर्ता गर्नुपरेको हो,’ प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले भने, ‘७९ जना पीडितलाई २५ हजारका दरले २० लाख बाँड्न ठिक्क पारी बैंकमा पठाउँदा कागजमा त्रुटि भएर २ लाख मात्रै उल्लेख भएकाले यस्तो अवस्था आयो ।’

उनले थोरै कर्मचारी भएकाले कामको चापले गल्ती हुन पुगेको बताए । प्रशासनको त्रुटिले अहिले प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ मात्र प्राप्त गरेको पीडितले बताए । गल्ती पत्तो लागेपछि प्रजिअको संयोजनमा कोष तथा लेखा नियन्त्रक, दलका नेता तथा सरोकारवालाबीच बैठक भएको थियो ।

अधिकारकर्मी तथा विस्थापित अगुवा श्रीकुमारी रोकाले कर्मचारी र कार्यालयको लापरबाहीले पीडितमाथि अन्याय भएको बताइन् । ‘प्रजिअकै नेतृत्वमा रहेको कार्यालय र उनका मातहतका कर्मचारीले गरेको गल्ती क्षम्य हुनुहँुदैन । यसबाट पीडितमाथि ठूलो अन्याय भएको छ,’ उनले भनिन्, ‘दोषी कर्मचारीलाई सरकारले छानबिनको दायरामा ल्याउनुपर्छ ।’ द्वन्द्वको अवधिमा रोल्पामा मात्रै १ हजार ७ सय ८२ जना विस्थापित भएका थिए ।

प्रकाशित : श्रावण ६, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?