कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कान्तिपुरकर्मीलाई 'नेजा ग्रामीण पत्रकारिता पुरस्कार'

काठमाडौँ — यसवर्ष 'नेजा ग्रामीण पत्रकारिता पुरस्कार' कान्तिपुर दैनिकका ओखलढुंगा संवाददाता कुम्भराज राईलाई प्रदान गरिने भएको छ ।

कान्तिपुरकर्मीलाई 'नेजा ग्रामीण पत्रकारिता पुरस्कार'

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले ग्रामीण पत्रकारितामा क्रिशाशील पत्रकारलाई हरेक दुई वर्षमा उक्त पुरस्कार दिँदै आएको छ । पुरस्कार छनोट समिति संयोजक एवं नेजाका सल्लाहकार आङछिरिङ शेर्पाले नेजाको छैटौँ अधिवेशनको उद्घाटनमा आयोजित एक कार्यक्रममा राईको नाम घोषणा गरेका थिए । पुरस्कारको राशि २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगद रहेको छ ।


काठमाडौंमा एक कार्यक्रमकाबीच उक्त पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित : श्रावण ६, २०७५ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?