२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग

काठमाडौँ — सत्ता पक्षीय युवा र विद्यार्थी संगठनले निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गर्न माग गरेका छन् ।

मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग

संविधानको मर्म अनुसार शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रुपमा स्थापित गर्न मेडिकल कलेजहरुलाई गैरनाफामुखी बनाउन आईतबार प्रेस विज्ञप्ति प्रकाशित गरी युवा र विद्यार्थी संगठनले माग गरेका हुन् ।


सरकारले निजी मेडिकल कलेजलाई फाईदा हुने गरी चिकित्सा शिक्षा विधेयक ल्याउन लागेको भन्दै चौतर्फी विरोध भइरहेको बेला नेकपाकै युवा विद्यार्थी संगठनले राष्ट्रियकरण वा गैरनाफामूलक बनाउन जोड दिएका हुन् ।


युवा संघ, वाईसिएल, अनेरास्ववीयू र अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्षहरुले विज्ञप्ति जारी गरी सबै प्रदेशमा एक सुविधा सम्पन्न सरकारी शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया थाल्न सरकारसँग आग्रह गरेका छन् ।


विज्ञप्तिमा चिकित्सा शिक्षा आयोग गठनबाट समस्या समाधान गर्ने गरी डा. गोविन्द केसीको माग वार्ताबाट समाधान गर्न सरकारसँग माग गरिएको छ ।


पढ्नुहोस्, विज्ञप्तिको पूर्णपाठ

प्रकाशित : श्रावण ६, २०७५ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?