कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सरकारी वार्ता टोलीका संयोजक बराल भन्छन्, 'डा. केसीको अडानले वार्ता हुन सकेन'

रासस

काठमाडौँ — सरकारी वार्ता टोली र आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्षबीच अनौपचारिक वार्ता जारी रहे पनि डा केसी पक्षको अडानका कारण औपचारिक वार्ता हुन सकेको छैन । 

सरकारी वार्ता टोलीका संयोजक बराल भन्छन्, 'डा. केसीको अडानले वार्ता हुन सकेन'

प्रतिनिधिसभामा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने अडान केसी पक्षले राखेका कारण वार्ता हुन नसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवं सरकारी वार्ता टोलीका संयोजक खगराज बरालले बताए । 'हामीले उहाँहरुलाई निःशर्त वार्तामा आउन औपचारिक आग्रह गरेका छौँ तर केसी पक्षबाट वार्ताका लागि ठोस पहल भएको छैन', सचिव बरालले भने, 'वार्ताबाट निकास निकाल्न सरकार तयार छ तर संसद्मा पुगेको विधेयक फिर्ताको अधिकार हामीसँग छैन ।'


यही असार १६ गतेदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनमा रहनुभएका डा केसीको स्वास्थ्य अवस्था कमजोर भएकाले केही दिनअघि उनलाई जुम्लाबाट काठमाडौँ ल्याई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।


डा केसीले १० वर्षसम्म काठमाडौँ उपत्यकामा नयाँ मेडिकल कलेज स्थापना हुन नहुने अडान राख्दै आएका छन् भने सांसद र कानूनविद् एवं विज्ञहरुले यसको निरुपण सार्वभौम संसद्बाट हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

प्रकाशित : श्रावण ६, २०७५ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?