२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६
समाचार

News

किन लुकाउन थालियो मन्त्रिपरिषदको निर्णय ?

पछिल्लो समय मन्त्रिपरिषद्मा भएका निर्णय अडकलेर मात्र सार्वजनिक गर्न थालिएको छ । मन्त्रिपरिषदको निर्णय सरकारका प्रवक्ताका रूपमा सञ्चार तथा प्रविधिमन्त्रीले तत्काल पत्रकारसमक्ष प्रस्तुत गर्दै आएका छन् । 

किन लुकाउन थालियो मन्त्रिपरिषदको निर्णय ?

गंगामायाको अक्षय कोषलाई एक करोड

छोराको हत्यामा संलग्नलाई कारबाही माग राख्दै पटक–पटक आमरण अनशन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीलाई राहतस्वरूप सरकारले एक करोड रुपैयाँ दिएको छ ।

गंगामायाको अक्षय कोषलाई एक करोड

वीर, त्रिवि शिक्षण र बीपीकेआइएचएस धरानका रेजिडेन्टद्वारा आकस्मिक बाहेकको सेवा बहिष्कार

त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल बीपीकेआइएचएस धरानका रेजिडेन्ट डाक्टरहरुले आकस्मिक बाहेकको सेवामा सरिक नहुने जनाएका छन् ।

वीर, त्रिवि शिक्षण र बीपीकेआइएचएस धरानका रेजिडेन्टद्वारा आकस्मिक बाहेकको सेवा बहिष्कार

'अन्नपूर्ण' ले गर्‍यो प्रुभिङ फ्लाइट

नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले आज परीक्षण उडान गरेको छ । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले आज अपराह्न उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलसम्मको प्रुभिङ फ्लाइट (परीक्षण उडान) गरेको जानकारी दिए । 

'अन्नपूर्ण' ले गर्‍यो प्रुभिङ फ्लाइट

ओपीडी टिकट, रसिद, बिल बहिष्कार गरेर बिरामी जाँच्न चिकित्सक संघको निर्देशन

नेपाल चिकित्सक संघले देशभरका चिकित्सकहरुलाई आफू कार्यरत स्वास्थ्य संस्थाको नियमित ओपीडी टिकट, रसिद, बिल बहिष्कार गरेर बिरामीको स्वास्थ्यलाई असर नपर्ने गरी वैकल्पिक उपायद्वारा ओपीडी सेवा सञ्चालन गर्न आह्वान गरेको छ ।

ओपीडी टिकट, रसिद, बिल बहिष्कार गरेर बिरामी जाँच्न चिकित्सक संघको निर्देशन

बसधनीले चलाएको बस दुर्घटनाग्रस्त

कृष्णनगरबाट रोल्पा सदरमुकाममा यात्री पुर्‍याएर घरमा बस लैजाँदै गर्दा रोल्पा नगरपालिका-४ खाद्य टोलमा सोमबार दिउँसो दुर्घटनामा परेको छ । दुर्घटनामा परी आफैंले गाडी चलाएका बस धनी सख्त घाइते भएका छन् । 

बसधनीले चलाएको बस दुर्घटनाग्रस्त

नुन चामल माग्दै सिंहदरबारमा 

'गाउँगाउँमा सिंहदरबार' भन्ने नारा सहित मुलुक संघीय संरचनामा गइसकेपनि विकासका योजना माग्दै सिंहदरबार धाउने चलन भने रोकिएको छैन । सोमबार प्रदेश –७ को दुर्गम जिल्ला बझाङको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामी नुन र चामल माग्न सिंहदरबार आइपुगे । 

नुन चामल माग्दै सिंहदरबारमा 

सानातिना समस्या सहजै हल हुन्छन् : प्रधानमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आउने सानातिना समस्या सहजै हल हुने बताएका छन् । छिन्नलता गीत पुरस्कार गुठीले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

सानातिना समस्या सहजै हल हुन्छन् : प्रधानमन्त्री 

कानुनमन्त्रीलाई बर्खास्त गर्न कांग्रेसको माग

कांग्रेस संसदीय दलले कानुनमन्त्री शेरबहादुर तामाङलाई बर्खास्त गर्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा पार्टीका सचेतक पुष्पा भुसाल र सरिता प्रसार्इंले सोमबार संयुक्त विज्ञप्ति जारी गरी तामाङको बर्खास्तगीको माग गरेका हुन् । 

कानुनमन्त्रीलाई बर्खास्त गर्न कांग्रेसको माग

पहिरोमा पुरिएर तीन जनाको मृत्यु

पूर्वी रोल्पाको अरेसमा पहिरोले गोठ पुर्दा तीन जनाको मृत्यु भएको छ । आइतबार रातिको वर्षाका कारण सुनील स्मृति–८ फूलधारामा रहेको उक्त गोठ पहिरोमा पुरिँदा स्थानीय १८ वर्षीया चमेली पुन, १२ वर्षीय ओबी घर्ती र १८ वर्षीय हुमे घर्तीको मृत्यु भएको हो । गोठमा सुतेको अवस्थामा उनीहरुको मृत्यु भएको हाे । 

पहिरोमा पुरिएर तीन जनाको मृत्यु

पर्यटनका 'हस्ती' टेकचन्द्र पोखरेलको निधन

पर्यटन व्यवसायी टेकचन्द्र पोखरेलको ८४ वर्षको उमेरमा निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित पोखरेलको सोमबार बिहान काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पर्यटनका 'हस्ती' टेकचन्द्र पोखरेलको निधन

डा.केसीको स्वास्थ्य अवस्था बुझ्न पूर्वराष्ट्रपति शिक्षण अस्पतालमा

पूर्वराष्ट्रपति डा. रामवरण यादव शिक्षण अस्पताल पुगी अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

डा.केसीको स्वास्थ्य अवस्था बुझ्न पूर्वराष्ट्रपति शिक्षण अस्पतालमा

डा. केसीलाई प्रधानमन्त्रीको आग्रहः 'आउनुहोस् वार्ता गरौं' [भिडियोसहित]

प्रधानमन्त्री केपी शर्मा ओलीले २४ दिनदेखि आमरण अनशनमा बसेका डाक्टर गोविन्द केसीलाई वार्तामा बसेर समस्याको समाधान गर्न आग्रह गरेका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो बहस गर्नुपर्छ त्यसमा सरकार तयार रहेको बताए । 

डा. केसीलाई प्रधानमन्त्रीको आग्रहः 'आउनुहोस् वार्ता गरौं' [भिडियोसहित]

पौडी खेल्न गएका दुई किशोरीको डुबेर मृत्यु

पुर्वी चितवनको खैरहनी नगरपालिकामा पर्ने लदरी खोलामा सोमबार पौडी खेल्न गएका तीन किशोरीहरु मध्ये डुबेर दुईजना किशोरीको ज्यान गएको छ ।

पौडी खेल्न गएका दुई किशोरीको डुबेर मृत्यु

डा. केसीको अनसनलाई नेपाली समाजले पचाइसकेको छ : दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकार र आफ्नो पार्टी अनसनरत प्रा.डा. गोविन्द केसीसँग वार्ता गरेर उनको जीवनरक्षा गर्न तयार रहेको बताएका छन् । सरकार र नेकपा पार्टीले डा‍. केसीको जीवनरक्षाका लागि कदम चालेपनि अर्को पक्षले त्यसमा राजनीति गरिरहेको आरोप उनको थियो ।

डा. केसीको अनसनलाई नेपाली समाजले पचाइसकेको छ : दाहाल

डा. केसीको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता : नारायणकाजी श्रेष्ठ

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रवत्ता नारायणकाजी श्रेष्ठले चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनरत प्रा.डा. गोविन्द केसीको जीवनरक्षालाई सरकारले पहिलो प्राथमिकता बनाएको बताएका छन् ।

डा. केसीको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता : नारायणकाजी श्रेष्ठ

मुल्य घटाएकाे विरोधमा किसानले बाँडे दुध

दुधको मुल्य घटेपछि चितवनका किसानहरुले केही दिनयता लागातार विरोध प्रदर्शन गर्दै आएका छन् । शुक्रबार भण्डाराका किसानले सडकमा दुध पोखेर विरोध गरेको भोलिपल्टै ज्यामिरेमा पनि किसानले दुध पोखे । तर, सोमबार बिहान रत्ननगरमा किसानहरुले गरेको विरोध भने भिन्न रहयो । त्यहाँका किसानले सडकमा अरुलाई दुध खुवाएर सरकारको विरोध गरे । 

मुल्य घटाएकाे विरोधमा किसानले बाँडे दुध

पहिलो साउने सोमबार, पशुपतिमा शिवभक्तको भीड

साउनलाई हिन्दू धर्मअनुसार शिवको महिना पनि भनिन्छ । साउनको सोमबार विशेषगरी महिलाहरु व्रत बसेर शिवको पूजा गर्छन् । देशभरका शिवका मन्दिरहरुमा सोमबार भीड लाग्ने गर्छ । पशुपति मन्दिर भने साउनको सोमबार विशेष हुने गर्छ ।

पहिलो साउने सोमबार, पशुपतिमा शिवभक्तको भीड

डीआईजी नेतृत्वको टोलीले जुम्ला घटना छानबिन गर्ने

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई सरकारले जबरजस्ती काठमाडौं लैजाँदा भएको घटनाको छानबिन गर्न डीआईजीको टोली जुम्ला पुगेको छ ।

डीआईजी नेतृत्वको टोलीले जुम्ला घटना छानबिन गर्ने

केसीकाे समर्थनमा सत्याग्रह, ‘माग हाम्रै, उनका लागि मर्न केको डर ?’

डा. गोविन्द केसीको समर्थनमा आइतबार वसन्तपुर डबलीमा ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ को आयोजनामा सत्याग्रह सुरु भएको छ । त्यसमा सहभागिता जनाउन काठमाडौंका विभिन्न ठाउँ तथा जिल्लाबाट नागरिक स्वस्फूर्त रूपमा उपस्थित भएका छन् । त्यही भीडमा थिए, कैलाली धनचौडीका ८५ वर्षीय कृष्णदत्त जोशी र उनकी श्रीमती ७५ वर्षीया सुनमतिदेवी ।

केसीकाे समर्थनमा सत्याग्रह, ‘माग हाम्रै, उनका लागि मर्न केको डर ?’

जुम्ली भन्छन्– केसीलाई बचाऊ

जुम्लाका बासिन्दाले डा. गोविन्द केसीका माग पूरा गरी उनलाई बचाउन माग गरेका छन् । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिन अनशन बसेपछि डा. केसीलाई सरकारले बलजफ्ती काठमाडौं लगेको थियो ।

जुम्ली भन्छन्– केसीलाई बचाऊ

रेलमार्ग बनाउन विज्ञको खोजी

दुवै छिमेकबाट काठमाडौंसम्म रेल ल्याउने प्रक्रियाको गृहकार्य सुरु हुन थालेपछि रेल विभागले पनि रेलमार्ग, प्रविधिलगायत विषयका विज्ञ नेपालीको खोजी गर्न थालेको छ । विदेशमा रहेर काम गर्दै आएका त्यस्ता व्यक्तिलाई नेपाल बोलाएर अन्तरक्रिया गर्दै विभागले रेलको प्रविधिबारे बुझ्न थालेको हो ।

रेलमार्ग बनाउन विज्ञको खोजी

नाकामा परिचयपत्र झन्झटिलो

भारतसँगका प्रमुख नाका हुँदै आवतजावत गर्न परिचयपत्र व्यवस्था गर्ने निर्णयको औचित्यमा सरोकारवालाले प्रश्न उठाएका छन् । बेलाबेला हुने गतिविधिको निगरानीबाहेक अन्य अवस्थामा सर्वसाधारणले सहज वारपार गर्न पाउँदै आएका छन् । परिचयपत्रको झन्झटिलो प्रावधानले यसमा जटिलता थप्ने उनीहरूको चिन्ता छ । यही सन्दर्भमा कान्तिपुरले विभिन्न नाकाको आवागमनको अवस्था एवं तौरतरिका अध्ययन गरेको छ ।

नाकामा परिचयपत्र झन्झटिलो

दसगजा मिचेर चेकपोस्ट

धनुषाको जटही नाकासँग जोडिएको दसगजा क्षेत्रमा भारतीय पक्षले चेक पोस्ट निर्माण थालेको छ । नगराइनस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) ले पटक–पटक अनुरोध गरे पनि अटेरी गरेको छ ।

दसगजा मिचेर चेकपोस्ट

मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति

बंगलादेशमा अध्ययन गरिसकेका र अध्ययनरत छात्राप्रति लक्षित गरी कानुनमन्त्री शेरबहादुर तामाङ र प्रस्तावित मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले दिएका अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको छ ।

मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति

मन्त्रीहरू कार्यालयभन्दा कार्यक्रमतिर

कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा चिकित्सा शिक्षा पढ्ने नेपाली छात्राप्रति लक्षित गरिएको आफ्नो विवादास्पद टिप्पणीप्रति आइतबार सार्वजनिक रूपमा माफी मागे । शुक्रबार एउटा निजी विद्यालयको कार्यक्रममा व्यवसायी दुर्गा प्रसाईंकै शैलीमा विवादास्पद अभिव्यक्ति दिएका थिए ।

मन्त्रीहरू कार्यालयभन्दा कार्यक्रमतिर

एकैपल्ट ५०० समिति खारेज

सरकारले एकैपल्ट ५ सय समिति, प्रतिष्ठान, बोर्ड र कोष खारेज गरेको छ । मन्त्रिपरिषद् निर्णयअनुसार एकमुष्ट खारेजीमा परेका विकास समिति, कोष, प्रतिष्ठान र बोर्डका प्रमुखले आफ्नो कार्यालय खारेज नगर्न सम्बन्धित मन्त्रालयमार्फत आग्रह गरेका छन् । धेरैजसोले कार्यालय कायम राख्नुपर्ने कारणसहितको प्रतिवेदन बुझाएका छन् ।

एकैपल्ट ५०० समिति खारेज