कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

‘रोयल्टीबारे सञ्चार मन्त्रालयको विज्ञप्ति भ्रामक’

काठमाडौँ — नेपाल मिडिया सोसाइटी र रेडियो ब्रोडकास्टर्स फोरम नेपालले रोयल्टी संकलन व्यवस्थित गर्न बनाइएको समितिमा आफूहरूलाई राखिएको भनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई ‘भ्रामक’ भनेका छन् ।

‘रोयल्टीबारे सञ्चार मन्त्रालयको विज्ञप्ति भ्रामक’

मन्त्रालयले असार २७ गते जारी गरेको विज्ञप्तिमा २०७४ पुस २३ मा रोयल्टी संकलक समाज नेपाल, सामुदायिक रेडियो प्रसारक संघ, रेडियो ब्रोडकास्टर्स फोरम नेपाल र नेपाल मिडिया सोसाइटीको प्रतिनिधित्व रहने गरी प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयका रजिस्ट्रारको संयोजकत्वमा समिति गठन भएको उल्लेख थियो । र, रोयल्टीलाई व्यवस्थित, सरलीकरण र बैज्ञानिक बनाउन उल्लिखित संस्था एमआरसीएसएन, पीएसएन र एमपीएसएनको गीत–संगीत सार्वजनिक रूपमा प्रयोग गर्ने प्रयोगकर्तासँग रोयल्टी संकलनका लागि संयुक्त मापदण्ड बनाई कार्यान्वयनमा लगिएको भनिएको थियो ।

‘संगीत रोयल्टी संकलनका लागि हालसम्म कुनै पनि संयुक्त मापदण्ड नबनेको र विज्ञप्तिमा उल्लेख भएअनुसार प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयका रजिस्ट्रारको संयोजकत्वमा समिति गठन भएको जानकारी नेपाल मिडिया सोसाइटी तथा रेडियो ब्रोडकास्टर्स फोरम नेपाललाई नभएको र यस्तो कुनै पनि समितिमा हाम्रो संलग्नता नरहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ दुवै संस्थाद्वारा आइतबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘साथै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट जारी गरिएको यस किसिमको भ्रामक र गैरजिम्मेवार प्रेस विज्ञप्तिप्रति आपत्ति जनाउँदै यसमा कुनै पनि सत्यता नरहेको समेत स्पष्ट गराउँछौं ।’

प्रकाशित : श्रावण ७, २०७५ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?