कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति

काठमाडौँ — बंगलादेशमा अध्ययन गरिसकेका र अध्ययनरत छात्राप्रति लक्षित गरी कानुनमन्त्री शेरबहादुर तामाङ र प्रस्तावित मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले दिएका अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको छ ।

मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति

‘केही समययता चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा जारी बहस र आन्दोलनक्रममा सत्ता पक्षधर केही व्यक्तिबाट अभिव्यक्त धारणालाई गम्भीर रूपमा लिएका छौं,’ कांग्रेसले आइतबार विज्ञप्ति जारी गरी भनेको छ, ‘बंगलादेशमा अध्ययन गरिसकेका र अध्ययनरत चेलीको अस्मिता र सामाजिक प्रतिष्ठा हेक्का नराखी व्यक्त धारणा निन्दनीय र आपत्तिजनक छन् ।’ मन्त्री तामाङले आफ्नो अभिव्यक्तिका बारेमा विज्ञप्तिमार्फत माफी मागिसकेका छन् ।

देउवाको भ्रमण स्थगित
कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका कारण सिंगापुर भ्रमण स्थगित गरेका छन् । स्वास्थ्य जाँचका लागि उनी आइतबार सिंगापुर जाने तयारीमा थिए । डा. गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै सरकारविरुद्ध आन्दोलन जारी रहेका बेला पार्टी नेताहरूले देउवालाई विदेश नजान सुझाव दिएका थिए । कांग्रेसले विज्ञप्तिमार्फत सभापतिको सातदिने विदेश भ्रमण कार्यक्रम स्थगित भएको जनाएको छ ।

प्रकाशित : श्रावण ७, २०७५ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?