कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

डीआईजी नेतृत्वको टोलीले जुम्ला घटना छानबिन गर्ने

एलपी देवकोटा

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई सरकारले जबरजस्ती काठमाडौं लैजाँदा भएको घटनाको छानबिन गर्न डीआईजीको टोली जुम्ला पुगेको छ ।

डीआईजी नेतृत्वको टोलीले जुम्ला घटना छानबिन गर्ने

नेपाल प्रहरीका डीआईजी सुरेन्द्रविक्रम शाह, एसपी केदार रजौरे र डीएसपी चुडामणी बुढाथोकीको तीन सदस्यीय टोली जुम्ला अस्पतालमा भएको घटना छानबिन गर्न पुगेको हो ।

अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीहरुले पनि घटनाको छानबिन गरि सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारवाहीको माग गरिरहेका छन् । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा प्रहरीले गोलीसम्म चलाएकाले घटनाको छानबिन गरि दोषीमाथि कारबाही गर्नुपर्ने स्थानीयले माग गरेका छन् । भने प्रहरीले गोली नचलाएको दाबी गर्दै आएको छ ।

अस्पतालभित्रै प्रहरीले लाठीचार्ज गर्दा दुई दर्जन बढी चिकित्सक र विद्यार्थी घाइते भएका थिए घटनामा तीन जना प्रहरी पनि घाइते भएका थिए । एक प्रहरी गोली लागेर गम्भीर घाइते भएका थिए । उनको काठमाडौंमा उपचार जारी छ । घटनाका कारण अस्पतालका भौतिक संरचनामा समेत क्षति पुगेको छ ।

प्रकाशित : श्रावण ७, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?