३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

दुई बस एकआपसमा ठोकिँदा २३ यात्रु घाइते

रमेशकुमार पौडेल

चितवन — मध्यरातमा नारायणगढ मुग्लिन सडकको रामनगर जंगलमा दुईवटा बस एक आपसमा जुद्धा २३ जना यात्रु घाइते भएका छन् ।

दुई बस एकआपसमा ठोकिँदा २३ यात्रु घाइते
चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त अनुसार गए राति ११ बजेर ५० मिनेट जाँदा काठमाडौंबाट दाङ जान नारायणगढ तर्फ आउँदै गरेको ना ५ ख ९३९९ नबरको बस र बीरगञ्जबाट पोखरा जाँदै गरेको ना ५ ख ५३११ नम्बरको बससँग ठोक्किएका थिए ।

घाइते २३ जनामध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेमध्ये एकजना दाङ टिक्री गाउपालिका–८ का आकास चौधरीलाई थप उपचारका लागि काठमाडौं पठाएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रभुप्रसाद ढकालले बताए । अन्य घाइतेमध्इे १० जनाको अवस्था मध्यम र ११ जनाको अवस्था सामान्य रहेको छ ।

घाइतेहरुको भरतपुरको पुरानो मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । भरतपुर महानगरपालिका–१ रामनगर पानीटंकी ओरालोमा भएको सो घटनाको कारणका बारेमा अनशन्धान भइरहेको डिएपी ढकालले जानकारी दिए ।


प्रकाशित : श्रावण ७, २०७५ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?