डा. केसीको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता : नारायणकाजी श्रेष्ठ

'डा. केसीलाई प्रयोग गरेर सरकार असफल बनाउने चलखेल भयो'
हरिराम उप्रेती

गोरखा — नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रवत्ता नारायणकाजी श्रेष्ठले चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनरत प्रा.डा. गोविन्द केसीको जीवनरक्षालाई सरकारले पहिलो प्राथमिकता बनाएको बताएका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा भाग लिन आएका श्रेष्ठले सोमबार पत्रकारसँग कुराकानी गर्दै वार्ताद्वारा खुला ढंगले छलफल गरेर समस्या समाधान गर्ने दोस्रो प्राथमिकता रहेको बताए।

‘सरकारले वार्ता समिति बनाएको छ, छलफल गरेर समस्या समाधान गर्ने प्रक्रियामा छौं,’ उनले भने। राजनितिक दल र नागरिक समाज र आम समुदायलाई केसीको मुद्दामा राजनीतिकरण नगर्न उनले आग्रह गरे। ‘नेपालको चिकित्सा शिक्षा नीति कसरी गुणस्तरीय र जनमुखी बनाउने, त्यसमार्फत स्वास्थ्य सेवालाई सहज पहुँच भित्र ल्याएर गुणस्तरीय सेवा उपलब्ध गराउने कुरामा केन्द्रित भएर अघि बढौँ,’ उनले भने।

केसीको माग सामुहिक विवेक प्रयोग गरेर समाधान गर्नुपर्ने उनको तर्क थियो। ‘मुख्यत: के आवश्यकता छ बिना पूर्वाग्रह छलफल गरौं,’ उनले भने। केसीको माग पुरा गर्न माथेमा प्रतिवेदनलाई सन्दर्भ सामाग्रीको रुपमा प्रयोग गर्न सकिने उनले बताए।

‘केसीले भनेको कुरा सरकारले ध्यानै नदिने भन्ने पनि होइन, केसीले भनेकाले जे–जे भनेको छ त्यहि त्यहि गर्ने भन्ने पनि होइन,’ उनले भने, ‘चिकित्सा शिक्षा निति कसरी गुणस्तरीय बनाउने विषय र मुद्दा माथि बिना पूर्वाग्रह छलफल गरिन्छ, समाधान निकालिन्छ यो नै सरकाको लाइन हो।’ बिना पूर्वाग्रह छलफलबाट मुद्दाको सम्बोधन गर्न सरकार जिम्मेवार रहेको उनले बताए। ‘संसद भित्र प्रवेश गरेको विषयको अन्तिम निर्णय चाहीँ संसद नै हुन्छ,’ उनले भने।


डा. केसीलाई प्रयोग गरेर सरकार असफल बनाउने चलखेल शुरु भएको उनले आरोप लगाए। ‘एकातिर डा. केसी चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको मुद्दालाई लिएर आन्दोलनमा हुनुहुन्छ, तर उहाँलाई प्रयोग गरेर नेपालमा पहिलो पटक राजनीतिक स्थीरता र जनमुखी विकास दिने गरी सरकारले काम गर्न लागेको अवस्थामा राजनीतिक स्थीरता पनि हुन नदिने, जनताले निर्वाचित गरेको सरकारलाई अप्ठारो पार्न राजनीतिक चलखल पनि भइरहेका छन्,’ उनले भने।

प्रकाशित : श्रावण ७, २०७५ १३:४३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रदेशसभा बैठक लगातार स्थगित

अर्जुन शाह

धनगढी — प्रदेश ७ को प्रदेशसभा बैठक सोमबार सूचना टाँस गरेर स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले बैठक अवरुद्ध गर्ने भएपछि प्रदेशसभा सचिवालयले अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित भएको जनाएको छ ।

शुक्रबारको बैठक अवरुद्ध भएपछि सोमबारका लागि डाँकिएको थियो।

अनसनरत डा. गोविन्द केसीले उठाएका मागहरु पुरा हुनुपर्ने र केसीको जीवनरक्षा गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रदेशसभा बैठकमा अवरोध गर्दै आएको छ। यसअघि शुक्रबार प्रदेश ७ को प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो।

सोमबारका लागि बोलाइएको बैठकमा समेत कांग्रेस सांसदहरुले विरोध जारी राख्ने भएपछि बैठक स्थगित भएको हो।

प्रकाशित : श्रावण ७, २०७५ १३:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्