घटनास्थलै नपुगी फर्कियो छानविन टोली 

एलपी देवकोटा

जुम्ला — अस्पतालमा भएको घटनाको छानविन गर्न जुम्ला पुगेको डिआइजीसहितको टोली घटना स्थलै नपुगी फर्किएको छ ।

घटनास्थलै नपुगी फर्कियो छानविन टोली 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई सरकारले जवरजस्ती काडमाडौं लैजादा भएको घटनाको छानविन गर्न डिआइजीको टोली आइतवार दिउँसो जुम्ला पुगेको थियो ।


अस्पतामा के भएको थियो भन्ने छानविन गर्न नेपाल प्रहरीका डिआइजी सुरेन्द्र विक्रम शाह, एसपी केदार रजौरे र डिएसपी चुडामणि बुढाथोकीको तीन सदस्यीय छानविन टोली जुम्ला पुगेपनि सरोकारवाला कसैसंग पनि नभेटेरै फर्किएको छ ।

आइतवार दिउँसो जुम्ला पुगेको टोली अस्पताल, नागरिक समाज, स्थानीय र पत्रकारहरुसंग भेटघाट नै नगरी फिर्ता भएको हो । सोमवार दिउँसो उनीहरु जुम्लाबाट फिर्ता भएका हुन् ।


अस्पताल जस्तो संवेदनशील क्षेत्रभित्र प्रहरीले बल प्रयोग गरेको घटनालाई लुकाइ छिपाइ गर्नका लागि उनीहरु कसैसंग पनि छलफल नगरेको हुन सक्ने नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । ‘छानविन टोली जुम्ला पुगेको छ भन्ने मात्रै सुन्यौं’ उनले भने, ‘हामीसँग भेटघाट भएन । उनीहरु किन आएका हुन् । कोसंग भेटघाट गरे भन्ने थाहा भएन ।'


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि छानविनका लागि कुनै टोली नआएको अस्पताल प्रशासनले जनाएको छ ।


प्रकाशित : श्रावण ७, २०७५ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?