२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

डा.केसीको स्वास्थ्य अवस्था बुझ्न पूर्वराष्ट्रपति शिक्षण अस्पतालमा

रासस

काठमाडौँ — पूर्वराष्ट्रपति डा. रामवरण यादव शिक्षण अस्पताल पुगी अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

डा.केसीको स्वास्थ्य अवस्था बुझ्न पूर्वराष्ट्रपति शिक्षण अस्पतालमा

डा केसीका सहयोगी विशद दाहालले कुनै उपचार र औषधि नलिएका कारण डा.केसीको स्वास्थ्य गम्भीर बन्दै गएको अवगत गराए । पूर्व राष्ट्रपति यादवले केसीको स्वास्थ्यलाभको कामना गरेका छन् ।


जुम्लाबाट गत असार १६ गतेदेखि चिकित्सकीय सुधारको माग राख्दै आमरण अनशन सुरु गरेका डा केसीलाई गत बिहीबार सरकारले काठमाडौं ल्याएको थियो । पन्ध्रौँ पटक अनशन बसेका डा केसीसँग सरकारले वार्ताका लागि आह्वान गरिरहे पनि केसी पक्ष भने वार्तामा गएको छैन ।

प्रकाशित : श्रावण ७, २०७५ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?