कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कानुनमन्त्रीलाई बर्खास्त गर्न कांग्रेसको माग

काठमाडौँ — कांग्रेस संसदीय दलले कानुनमन्त्री शेरबहादुर तामाङलाई बर्खास्त गर्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा पार्टीका सचेतक पुष्पा भुसाल र सरिता प्रसार्इंले सोमबार संयुक्त विज्ञप्ति जारी गरी तामाङको बर्खास्तगीको माग गरेका हुन् । 

कानुनमन्त्रीलाई बर्खास्त गर्न कांग्रेसको माग

मन्त्री तामाङले शुक्रबार एक निजी विद्यालयको कार्यक्रममा बंगलादेशमा डाक्टर पढ्न गएका छात्राहरूले शरीर बेचेर मात्र सर्टिफिकेट ल्याउँछन् भन्ने अभिव्यक्ति दिएका थिए । मन्त्रीको अभिव्यक्तिलाई आपत्तिजनक भन्दै विज्ञप्तिमा त्यसको निन्दा गरिएको छ ।


कांग्रेसको भ्रातृसंस्था महिला संघले पनि मन्त्री तामाङको राजीनामा माग गरेको छ । उनी आफैंले राजीनामा नदिए प्रधानमन्त्रीले तामाङलाई हटाउनुपर्ने संघको माग छ । मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै आफ्नो भनाइप्रति माफी मागेकोमा संघले सार्वजनिक पद धारणा गरेको जिम्मेवार व्यक्तिले माफी माग्दैमा उम्कन नसक्ने पनि बताएको छ ।


महिला संघकी अध्यक्ष उमा रेग्मीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक कार्यक्रममा प्रत्यक्ष रूपमा दिएको अत्यन्त अमानवीय, क्रूर र व्यभिचारी अभिव्यक्तिले लामो समयदेखि बंगलादेश र नेपालबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई नै प्रभावित पार्ने देखिन्छ ।’ संघले पदीय दायित्वलाई ख्याल नगरी मनपरी बोलेको भन्दै उनीविरुद्ध ७७ जिल्लामा विरोध कार्यक्रम घोषणा गर्ने बताएको छ ।


प्रकाशित : श्रावण ७, २०७५ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?