कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सानातिना समस्या सहजै हल हुन्छन् : प्रधानमन्त्री 

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आउने सानातिना समस्या सहजै हल हुने बताएका छन् । छिन्नलता गीत पुरस्कार गुठीले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

सानातिना समस्या सहजै हल हुन्छन् : प्रधानमन्त्री 

प्रधानमन्त्री ओलीले जनताले आफूलाई देश बनाउने जिम्मेवारी दिएकोले त्यसलाई इमान्दारिताका साथ पुरा गर्ने बताए । ‘म कुनै पनि काम पर्दा पछाडि गर्दिन” प्रधानमन्त्री ओलीले भने, ‘ भ्रष्टाचार गर्दिन । कसैलाई गर्न पनि दिन्न र सबै काम पारदर्शी ढंगले गर्छु ।’


समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य जसरी पनि हासिल गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले नेपाली कला र साहित्यले सरकार र आफ्नो व्यक्तिगत तर्फबाट सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।


कार्यक्रममा ३६ औँ छिन्नलता पुरस्कार तथा सम्मानबाट गायक ज्ञानेन्द्र गदाल,वसन्त क्षत्री, संगिता प्रधान राना, मेलिना चाम्लिङ राई पुरस्कृत भएका छन् । यसैगरी राजनराज शिवाकोटी, शान्ती ठटाल, शिवशंकर थापा र कोमल वली पनि सम्मानित भएका छन् ।

प्रकाशित : श्रावण ७, २०७५ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?