१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

ओपीडी टिकट, रसिद, बिल बहिष्कार गरेर बिरामी जाँच्न चिकित्सक संघको निर्देशन

अतुल मिश्र

काठमाडौँ — नेपाल चिकित्सक संघले देशभरका चिकित्सकहरुलाई आफू कार्यरत स्वास्थ्य संस्थाको नियमित ओपीडी टिकट, रसिद, बिल बहिष्कार गरेर बिरामीको स्वास्थ्यलाई असर नपर्ने गरी वैकल्पिक उपायद्वारा ओपीडी सेवा सञ्चालन गर्न आह्वान गरेको छ ।

ओपीडी टिकट, रसिद, बिल बहिष्कार गरेर बिरामी जाँच्न चिकित्सक संघको निर्देशन

डा.गोविन्द केसीको आमरण अनसन २४ औँ दिनमा पुग्दा समेत सरकारले जीवन रक्षाको गम्भीरता प्रकट गर्न नसकेको जनाउदै संघले विभिन्न दबाब मूलक कार्यक्रम सार्वजनिक गरेको छ ।


यस अन्तर्गत चिकित्सक संघले रेजिडेन्ट चिकित्सकहरुले सञ्चालन गरेको बहिरंग र अन्तरंग सेवा बहिष्कार प्रति ऐक्यबद्धता समेत प्रकट गरेको छ ।


यस्तै मुलुकभरका चिकित्सकहरुलाई आ-आफ्नो जिल्लामा रिले अनसन, र्‍याली, धर्ना लगायतका विरोधका कार्यक्रमहरुसहित नागरिक समाजसँग समन्वय गरी सशक्त विरोध गर्ने संघले निर्णय गरेको हो ।


काठमाडौं उपत्याकाको हकमा भने चिकित्सक संघका पदाधिकारीसहित सबै चिकित्सकहरुलाई वसन्तपुर डबलीमा उपस्थित भएर विहान १० बजेदेखि बेलुका ५ बजे सम्म अनसन बस्न समेत संघले अपिल गरेको छ ।

प्रकाशित : श्रावण ७, २०७५ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?