३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

भारी वर्षाको सम्भावना

काठमाडौँ — जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार राति देशभर पूर्ण बदली भई पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

भारी वर्षाको सम्भावना

केही क्षेत्रमा भने मध्यमखालको वर्षा हुने महाशाखाको भनाइ छ । विशेष बुलेटिन सार्वजनिक गर्दै महाशाखाले मंगलबार दिउँसो पनि बदली भई हल्का र मध्यमखालको वर्षाको सम्भावना रहेको जनाएको छ ।


पश्चिमी क्षेत्र र पूर्वी तराईका एक दुई स्थानमा भने मंगलबार दिउँसो भारी वर्षा हुने उल्लेख छ । बुधबार पनि पश्चिमी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले औंल्याएको छ ।


‘बुधबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना छ,’ महाशाखाले भनेको छ, ‘मध्य र पूर्वी तराईका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।’

प्रकाशित : श्रावण ७, २०७५ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?