कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दबाबमा परेपछि कानुनमन्त्री तामाङ राजीनामा दिने तयारीमा

दुर्गा खनाल

काठमाडौँ — आफ्नै अभिव्यक्तिका कारण अालोचित बनेका कानुन तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ पदबाट मंगलबार दिउँसो राजीनामा दिने तयारीमा छन् । पार्टी भित्रैबाट उनलाई राजीनामा दिन दवाव परेपछि उनी राजिनामा दिन तयार भएका हुन् ।

दबाबमा परेपछि कानुनमन्त्री तामाङ राजीनामा दिने तयारीमा

केही दिन अघि उनले एक कार्यक्रममा बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरुले सर्टिफिकेटका लागि आफ्नो अस्मिता सुम्पनु पर्ने कुरा आफुले सुनेको बताएका थिए । उनको अभिव्यक्ति गलत भएको र यसले बंगलादेशमा पढेका तथा पढिरहेका छात्राहरुको अस्मितामाथि दावा बोलेको भन्दै सामाजिक सञ्जालमा उनको व्यापक अलोचना भएको थियो ।

सोमबार राति प्रधानमन्त्री केपी ओलीसहितको नेपापाको सचिवालय बैठकमा नेताहरुले उनलाई राजीनामा गराउनु पर्ने मत राखेका थिए । पार्टीमा पूर्व प्रधानमन्त्री माधव नेपाल निकट मानिने तामाङलाई राजिनामा गराउन नेता नेपाल आफैले चासो राखेको बताइएको छ ।

‘यो बाहेकपनि उनका अरु केही विषयहरु छन्, त्यसैले पार्टीले राजिनामा दिन दवाव दिएको हो’ मन्त्रिपरिषद्कै एक सदस्ययले कान्तिपुरसंग भने ।

मन्त्री तामाङले मंगलबार दिउासो २ बजे मन्त्रालयमा पत्रकार सम्मेलन बोलाउने पनि तयारी गरेको छ ।

प्रकाशित : श्रावण ८, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?