धादिङमा ४.८ रेक्टरको परकम्प

रासस

काठमाडौँ — धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ । बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।

गजुरी आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाई परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

यसअघि गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको परकम्प गएकोथियो भने । त्यस्तै गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रबिन्दु भई पाँच रिक्टरको परकम्पभएको थियो ।

केन्द्रका प्रमुख अधिकारीका अनुसार विसं २०७२ को गोरखा (७.६ रेक्टर स्केल) भूकम्पपछि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ५०५ वटा परकम्प भएका छन् ।

प्रकाशित : श्रावण ८, २०७५ ०९:४८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

दबाबमा परेपछि कानुनमन्त्री तामाङ राजीनामा दिने तयारीमा

दुर्गा खनाल

काठमाडौँ — आफ्नै अभिव्यक्तिका कारण अालोचित बनेका कानुन तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ पदबाट मंगलबार दिउँसो राजीनामा दिने तयारीमा छन् । पार्टी भित्रैबाट उनलाई राजीनामा दिन दवाव परेपछि उनी राजिनामा दिन तयार भएका हुन् ।

केही दिन अघि उनले एक कार्यक्रममा बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरुले सर्टिफिकेटका लागि आफ्नो अस्मिता सुम्पनु पर्ने कुरा आफुले सुनेको बताएका थिए। उनको अभिव्यक्ति गलत भएको र यसले बंगलादेशमा पढेका तथा पढिरहेका छात्राहरुको अस्मितामाथि दावा बोलेको भन्दै सामाजिक सञ्जालमा उनको व्यापक अलोचना भएको थियो।

सोमबार राति प्रधानमन्त्री केपी ओलीसहितको नेपापाको सचिवालय बैठकमा नेताहरुले उनलाई राजीनामा गराउनु पर्ने मत राखेका थिए। पार्टीमा पूर्व प्रधानमन्त्री माधव नेपाल निकट मानिने तामाङलाई राजिनामा गराउन नेता नेपाल आफैले चासो राखेको बताइएको छ।

‘यो बाहेकपनि उनका अरु केही विषयहरु छन्, त्यसैले पार्टीले राजिनामा दिन दवाव दिएको हो’ मन्त्रिपरिषद्कै एक सदस्ययले कान्तिपुरसंग भने।

मन्त्री तामाङले मंगलबार दिउासो २ बजे मन्त्रालयमा पत्रकार सम्मेलन बोलाउने पनि तयारी गरेको छ।

प्रकाशित : श्रावण ८, २०७५ ०९:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT