२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

डा. केसीकाे समर्थनमा रेजिडेन्ट चिकित्सक अनसनमा

अतुल मिश्र

काठमाडौँ — चिकत्सा शिक्षा सुधारकाे माग गर्दै २५ दिन देखि अनशनरत चिकित्सक डा. गोविन्द केसीको समर्थनमा नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए) ले मंगलबार देखि सामुहिक अनसन सुरु गरेकाे छ । 

डा. केसीकाे समर्थनमा रेजिडेन्ट चिकित्सक अनसनमा

त्रिभुवन बिश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जका रेजिडेन्ट चिकित्सकहरुले मंगलबार बिहान १० बजे देखि अनसन सुरु गरेका हुन् ।

डा. केसीका माग सम्बाेधन नभएसम्म हरेक दिन बिहान १० बजेदेखि साझ ५ बजेसम्म अनसन जारी रहने नेसनल रेजिडेन्ट डक्टर्स एशोसियसन त्रिबि शिक्षण अस्पतालका अध्यक्ष सुमति पाण्डेले बताए ।

महाराजञ्जमा अहिले १ सय जना चिकित्सक अनसनमा बसिरहेकाे डा. पाण्डेले बताए । बीर अस्पताल र बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरु पनि अनसनमा बस्ने सहमति भएको पाण्डेले बताए ।

प्रकाशित : श्रावण ८, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?