काठमाडौँ — नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।
युरोप भ्रमणपछि मंगलबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै विगतको सरकारका पालामा प्रस्तुत अध्यादेशका आधारमा नयाँ विधेयक संसद्मा ल्याउनसमेत सुझाव दिए।
उपसभापति निधि जनसम्पर्क समन्वय समिति युरोपको पोर्चुगलमा आयोजित विस्तारित बैठक तथा कार्यकर्ता भेलामा सहभागी हुन साउन २ गते त्यसतर्फ प्रस्थान गरेका थिए।
उनी आफ्नो भ्रमण कार्यक्रम छोट्याएर स्वदेश फर्किएका हुन्। प्रकाशित : श्रावण ८, २०७५ १६:३४
काठमाडौँ — कानुन, न्याय, तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामाको घोषणा गर्दा भावुक बने । उनले सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार अपराह्न पत्रकार सम्मेलन गरी बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने नेपाली विद्यार्थीका सम्बन्धमा आफूले दिएको अभिव्यक्ति विवादित भएकाले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिने घोषणा गरे । तस्बिरमा हेरौं राजीनामा दिँदै गर्दा तामाङका भावभङ्गी ।