कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकार विपक्षीलाई तर्साउने खेलमा लागेको नेता सिंहको आरोप

डीआर पन्त

डडेलधुरा — नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकार राज्य आतंक सिर्जना गरी सर्वसाधारण र विपक्षीलाई तर्साउने खेलमा लागेको आरोप लगाएका छन् । प्रदेश ७ का पहाडी जिल्लाको भ्रमणका क्रममा डडेलधुरा आइपुगेका कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले सरकारका पछिल्ला कदमले राज्य आतंक सिर्जना भइरहेको आरोप लगाएका हुन् ।

सरकार विपक्षीलाई तर्साउने खेलमा लागेको नेता सिंहको आरोप

चिकित्सक, प्राध्यापक, विश्व विद्यालयका उपकुलपति जस्ता पदीय मर्यादा र जिम्मेवारी बोकेका व्यक्तिहरुलाई अपहरण शैलीमा पक्राउ गर्ने सरकारका गतिविधिले मुलुक कम्युनिष्ट अधिनायकवादतिर लैजाने प्रयास भइरहेको उनको आरोप थियो । नेता सिंहले भने, ‘स्थायित्व र समृद्धिको नारा दिएर सरकारमा पुगेको वाम सरकारले आफ्नो पहिलो चार महिनामा नै इतिहासमै सबैभन्दा बढी मूल्यवृद्धि गरेको छ ।’


कांग्रेस ऐजेण्डाविहीन भएर गोविन्द केसीको समर्थन नगरेको बताउँदै उनले भने, ‘मानव अधिकार र जनताका पक्षमा जसले आन्दोलन गरे पनि कांग्रेसले समर्थन गर्छ ।’


नेपाल प्रेस युनियन डडेलधुराको आयोजनामा भएको पत्रकार सम्मेलनमा कांग्रेस नेता सिंहले वर्तमान सरकारले सबै संवैधानिक मर्यादा समाप्त गर्न खोजेको आरोप समेत लगाए । उनले भने, ‘सभामुख र उपसभामुख भिन्नाभिन्नै पार्टीको हुनुपर्ने संवैधानिक व्यवस्थाको सरकारले खिल्ली उडाएको छ ।’

प्रकाशित : श्रावण ८, २०७५ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?