कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नेपाली महिला बन्धक प्रकरणः वनारसमा पाँच पक्राउ

कमल पन्थी

वनारस(भारत) — दलालले बन्धक बनाएको नेपाली महिलाको उद्धारका लागि वनारसका एसएसपी आनन्द कुलकर्णीको नेतृत्वमा गएको सुरक्षा बलले घरमा छापा मारेको छ ।

नेपाली महिला बन्धक प्रकरणः वनारसमा पाँच पक्राउ

वनारसस्थित नटकनियादाईमा सोमबार राति जयसिंहको घरमा छापा मार्दै दुई महिला तीन पुरुषसहित पाँच जनालाई पक्राउ गरेको छ ।


यस अघि १ सय ५० महिला भने पनि घरका मालिकले ८० जना नेपाली महिला रहेको प्रहरीलाई बताए । छापा मार्नु पूर्व बन्धक बनाइएकी नेपाली महिलालाई दलालले दिल्ली पुराएको आशंका गरिएको एसएसपी कुलकर्णीले बताए ।


पक्राउ गरिएका जयसिंहले दलालका बारे केही महत्वपुर्ण सुराक प्रहरीलाई दिएका छन् । प्रहरीले नेपाली महिला बन्धक बनाइएको घरबाट ल्यापटप र डेस्कटप बरामद गरेको छ । प्रहरीले घरभित्र बरामद गरेको सुत्ने ओछ्यान,जर्किनको पानी, मदिरा र सुकुटी, तरकारी काटेको अवस्थामा फेला पारेको थियो ।


छापा मार्नु पूर्व सुराकी पाएकाले उनीहरु अन्यत्रै सिफ्ट भएको एसएसपी कुलकर्णीले बताए । करिब सय जना सुरक्षाकर्मीले राती एघार बजेदेखि विहान २ बजेसम्म सर्च अप्रेशन गरेका थिए । प्रहरीले केही महत्वपूर्ण सूचना पाएका कारण ती महिलाको उद्धारका लागि सादा पोशाकका प्रहरी परिचालित गरिएको जनाएको छ ।


उनीहरु विरुद्ध कारबाहीका लागि दबाब दिन भारतस्थित नेपाली दूतावास दिल्लीका काउन्सिलर एसएसपी पुरुषोत्तम कँडेल, बर्दियाका प्रहरी नायब उपरीक्षक युवराज खड्का, प्रशासकीय अधिकृत अर्जुन सुवेदी, मधुवन नगरपालिकाका मेयर कृष्ण केसी र बन्धक बनाई घर फर्केकी मधुवन नगरपालिकाका दम्पत्ती पुगेका थिए ।


स्थानीय अधिकारकर्मी राजिव सिंहसहितको टोलीले एसएसपी कुलकर्णीलाई नेपाली महिलाको उद्धारका लागि पहल गर्न आग्रह गरेका थिए । शिवपुरका प्रहरी निरीक्षक विजय कुमारले महिला अन्यत्र स्थान्तरण भएको सुराक थाहा भइसकेकाले चाडै पक्राउ हुने बताए ।

प्रकाशित : श्रावण ८, २०७५ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?