३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

राष्ट्रियसभामा सत्ता र प्रतिपक्षबीच भनाभन

कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित 

काठमाडौँ — को पहिले बोल्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच चलेको जुहारीका कारण मंगलबारको राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित हुन पुग्यो । 

राष्ट्रियसभामा सत्ता र प्रतिपक्षबीच भनाभन

बैठक प्रारम्भ हुनासाथ सत्तापक्ष नेकपाका सांसदहरु आ–आफ्नो आसनबाट उभिएर आफूहरुले बोल्न पाउनुपर्ने माग गरेका थिए । तत्कालै प्रतिपक्षी कांग्रेसका सांसदहरु पनि आसनबाट उभिएर पहिले बोल्न पाउनुपर्ने माग गर्न थालेका थिए ।


सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सत्तारुढ दलका नेता खिमलाल भट्टराईलाई बोल्न समय दिएपछि प्रतिपक्षी सांसदहरुले लगातार टेबल ठोकेर बिरोध गरेका थिए । टेबलको आवाजले भट्टराईले बोल्न सकेका थिएनन् ।


राष्ट्रियसभामा कांग्रेसका नेता सुरेन्द्र पाण्डेले कार्यव्यवस्था परामर्श समितिमा बैठक सुरु गर्ने र पहिले प्रतिपक्षी दललाई बोल्न दिने सहमतिविपरीत काम भएको भन्दै विरोध गरिरहेका थिए । सत्ता र प्रतिपक्षी सांसदबीच दोहोरो भनाभनको स्थिति उत्पन्न भएपछि सभाध्यक्षले पटक पटक एक अर्कासँग सवाल जवाफ र दोहोरी नगर्न आग्रह गर्नु परेको थियो ।


सभाध्यक्षले संसद् सञ्चालन गर्न प्रतिपक्षी दललाई बोल्ने अवसर दिने प्रयास गर्दा सत्तापक्षले पहिले आफूले नै बोल्न पाउनुपर्ने अडान लिइरहे । संसदीय समितिहरूको गठनको विषय संसदको कार्यसूचीमा थियो । आफूले बोलेर बैठक अवरुद्ध पार्न सक्ने प्रतिपक्षीको मनसाय बुझेर सत्तापक्षले बैठक कार्यसूचीमा प्रवेश गर्नुपर्ने माग निरन्तर गरका थिए । निरन्तरको आग्रहपछि पनि प्रतिपक्षी कांग्रेसका सांसदहरु आफ्नो स्थानमा नबसी उभिइनै रहे । करीब २५ मिनेटको रस्साकसीपछि अध्यक्षले बैठक स्थगित गरेका थिए । अर्को बैठक बुधबार बोलाइएको छ ।

प्रकाशित : श्रावण ८, २०७५ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?