कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एयरपोर्टबाट ३ किलो ६८० ग्राम अवैध सुनसहित २ महिला पक्राउ 

जनकराज सापकाेटा

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) बाट ३ किलो ६८० ग्राम अवैध सुनसहित २ महिला पक्राउ परेका छन् ।  थाइ एयरबाट आएका ती महिलालाई म‌ंगलबार दिउँसो पक्राउ गरिएको विमानस्थलमा खटिएका प्रहरीले जनाएको छ ।

एयरपोर्टबाट ३ किलो ६८० ग्राम अवैध सुनसहित २ महिला पक्राउ 

ती महिलाहरुले सुनबेल्ट, मुगासहितको माला र सुनको चाबी बनाएर सुन ल्याएका विमानस्थलका डिआईजी कमल जिटीले जानकारी दिए । उनका अनुसार उनीहरुले उक्त सुन कसलाई दिन ल्याएका थिए भन्ने बारे बताएका छैनन् ।


सोही समूहबाट सुन ल्याएका अन्य तीन जनालाई विमानस्थल भन्सारले समातेको छ ।


सोमबार पनि विमानस्थलबाट ३ किलो ३६ ग्राम सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका थिए ।

प्रकाशित : श्रावण ९, २०७५ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?