२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सरकार र अनशनरत डा केसी पक्षबीचको वार्ता अवरुद्ध

काठमाडौँ — सरकार र अनशनरत डा गोविन्द केसी पक्षबीचको वार्ता अवरुद्ध भएको छ । आफूहरुको मागप्रति सरकार गैरजिम्मेवार र संवेदनविहीन भएको आरोप लगाउँदै डा गोविन्द केसी वार्ता टोलीका संयोजक डा अभिषेकराज सिंहले बुधबार विज्ञप्ति निकालेर तत्काल अर्को चरणको वार्ता नगर्ने जानकारी गराएका हुन् ।

सरकार र अनशनरत डा केसी पक्षबीचको वार्ता अवरुद्ध

'हामीले सरकारलाई उपलब्ध गराएको सूचीबमोजिमको सुधारसहित विधेयक पारित गर्ने सरकारी प्रतिबद्धता आएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने जानकारी गराउँछौं ।' सत्याग्रही डा केसीको स्वास्थ्य असाध्य नाजुक भइसक्दा पनि सरकारी पक्ष चरम गैरजिम्मेवार र संवेदनविहीन हुँदै विधेयकसम्बन्धी दफागत छलफलमा सार्थक रुपमा प्रवेश नगरेको उनको आरोप छ ।

सरकारी पक्षको अलमलका कारण डा. केसीको स्वास्थ्यमा क्षति पुग्ने अवस्था आएको भन्दै उनले यस्तो अवस्थामा थप अलमल गरेर आफूहरु झनै जोखिममा पार्न तयार नरहेको विज्ञप्तिमा जनाइएको छ ।


सरकारले छलकपटपूर्वक डा. केसीको ज्यान जोखिममा पार्ने तथा स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका काममा हलो अड्काउने काम गरेको भन्दै डा. सिंहले आपत्ति जनाएका छन् ।


केही साताको स‌ंवादहीनता तोड्दै म‌ंगलबार साँझ सरकार र केसी पक्षबीच वार्ता भएको थियो । उक्त वार्ता सकारात्मक भएको समेत संयुक्त वक्तव्यमार्फत जानकारी गराइएको थियो ।


प्रकाशित : श्रावण ९, २०७५ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?