कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

गृह मन्त्रालयद्वारा १७ प्रजिअसहित ३० कर्मचारी सरुवा [सूचीसहित]

जनकराज सापकाेटा

काठमाडौँ — गृह मन्त्रालयले १७ प्रमुख जिल्ला अधिकारीसहित ३० सहसचिव र उपसचिवको सरुवा गरेको छ । 

सुन तस्करी अनुसन्धान गर्न गठित समितिको संयोजक रहेका सहसचिव ईश्वरीराज पौडेललाई अध्यागमन विभाग सरुवा गरिएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय अध्यागमन विभागका निर्देशक कृष्णबहादुर कटुवाललाई कारागार व्यवस्थापन विभाग पठाइएको छ ।

गृह मन्त्रालयद्वारा १७ प्रजिअसहित ३० कर्मचारी सरुवा [सूचीसहित]

सहसचिव रामप्रसाद आचार्यलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । ललितपुरमा प्रेमराज जोशी, कास्कीमा चक्रबहादुर बुढा, कपिलवस्तुमा अर्जुन पोखरेल, मोरङमा रमेश केसी, बाँकेमा मदन भुजेल, सिन्धुपाल्चोकमा कृष्णप्रसाद अधिकारीलाई प्रजिअको जिम्मेवारी दिइएको छ ।


प्रकाशित : श्रावण ९, २०७५ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?