कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

राष्ट्रिय सभा फेरि अवरुद्ध

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदले अवरोध गरेपछि राष्ट्रिय सभाको बैठक बुधबार पनि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । सभाध्यक्षले पटकपटक बस्न आग्रह गर्दासमेत उभिएका कांग्रेस सांसद नबसेपछि बैठक स्थगित गरिएको हो । 

राष्ट्रिय सभा फेरि अवरुद्ध

बैठक सुरु हुनासाथ कांग्रेस सांसद बद्री पाण्डेले डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल मोडमा रहेको र जे पनि हुन सक्ने त्रास रहेकाले माग तत्काल सम्बोधन गरिनुपर्ने माग गरेका थिए ।


काठमाडौंमा तरुण दलको जुलुसमाथि र जुम्लामा अस्पतालभित्र भएको प्रहरी दमनका सन्दर्भमा गृहमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने, बंगलादेशमा अध्ययनरत विद्यार्थीका सन्दर्भमा व्यवसायी दुर्गा प्रसाईंले दिएको अभिव्यक्तिलाई लिएर उनीमाथि कानुनी कारबाहीको माग कांग्रेसले गरेको छ ।


सांसद पाण्डेले आफूहरूले उठाएको विषयको सम्बोधन नभएसम्म राष्ट्रिय सभा चल्न नदिने बताए । राष्ट्रिय सभाको अर्को बैठक साउन १६ गतेका लागि बोलाइएको छ ।


प्रकाशित : श्रावण ९, २०७५ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?