समाचार

News

सीमा स्तम्भ नै गायब

धनुषाको जटही र भारतको पिपरौन छुट्टयाउने सीमा क्षेत्रको एउटा पिलर हराएको छ । नापी विभागका अधिकारीले बिहीबार अवलोकन गर्ने क्रममा सीमा क्षेत्रबाट पिलर नै गायब भएको खुलेको हो । भारतले हराएको पिलरनजिक भन्सार कार्यालय बनाउने सुरसार गरेपछि नेपाली सुरक्षाकर्मीले रोक्दा तनाव बढेको छ ।

सीमा स्तम्भ नै गायब

अब सबै कर्मचारीको अवकाश उमेर ६० वर्ष

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती, स्वास्थ्य सेवा र संसद्सहित सबै सेवाका कर्मचारीको अवकाश उमेर ६० वर्ष कायम गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजाने तयारी गरेको छ ।  

अब सबै कर्मचारीको अवकाश उमेर ६० वर्ष

श्रीमतीलाई टेन्सन दिन अपहरणको नाटक !

एकाबिहानै आएको एउटा सूचनाले प्रहरी परिसर काठमाडौंमा हल्लीखल्ली मच्चाइदियो । टोखा क्षेत्रबाट एक नागरिकले फोन गरेर आफन्त तनहुँ स्थायी घर भई नयाँ बसपार्कमा विद्युतीय सामानको पसल गर्ने शिवराज घिमिरे अपहरणमा परेको बताए ।

श्रीमतीलाई टेन्सन दिन अपहरणको नाटक !

भागबन्डा मिलाउन मन्त्रालय फुटाइयो

सरकारले दोस्रोपटक मन्त्रालय संख्या बढाएको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर दुइटा बनाएको छ । फुटाएर कृषि तथा पशुपक्षी र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाइएसँगै अब मन्त्रालय संख्या २२ पुगेको छ । 

भागबन्डा मिलाउन मन्त्रालय फुटाइयो

सुरु भो ‘पेपरलेस’ मन्त्रिपरिषद्

प्रधानमन्त्री कार्यालयले बिहीबारदेखि मन्त्रिपरिषद् बैठकलाई ‘स्वचालित प्रणाली’ बाट सञ्चालन गर्न सुरु गरेको छ । मुलुकलाई विद्युतीय शासन प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यअनुसार त्यसको सुरुवात मन्त्रिपरिषद् बैठकबाट गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताए ।

सुरु भो ‘पेपरलेस’ मन्त्रिपरिषद्

एउटै मुद्दामा केन्द्र र प्रदेशको फरक निर्देशन

एउटै मुद्दामा केन्द्र र प्रदेश सरकारबाट फरकफरक निर्देशन आएपछि प्रदेश २ का आठै जिल्लाका प्रजिअ तनाबमा परेका छन् । जन्मका आधारमा नागरिकता दिनेबारे राज्यका दुई तहबीच मत बाझिएको हो । 

एउटै मुद्दामा केन्द्र र प्रदेशको फरक निर्देशन

तस्बिरमा पहिलो 'पेपरलेस' मन्त्रिपरिषद् बैठक

नेपालमा पहिलोपटक स्वचालित प्रणालीबाट पेपरलेस मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार पहिलोपटक स्वचालित प्रणालीमा मन्त्रिपरिषद् बैठक बसेको हो । प्रधानमन्त्री केपी ‌ओलीको पहलमा मन्त्रिपरिषद् बैठकलाई स्मार्ट बनाइएको हो ।

तस्बिरमा पहिलो 'पेपरलेस' मन्त्रिपरिषद् बैठक

इन्टरनेटको भाउ नबढ्ने

सरकारले इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार शुल्क लगाएपछिपनि इन्टरनेटको मूल्य नबढ्ने भएको छ । बिहीबार सञ्चार मन्त्रालयमाभएको वार्तामा इन्टरनेट सेवाप्रदायक र मन्त्रालयबीचमूल्य समायोजन गर्ने सहमति भएको हो ।

इन्टरनेटको भाउ नबढ्ने

प्रधान न्यायाधीशका लागि सिफारिस जोशीको संसदीय सुनुवाई, फेरि शुक्रबार बैठक डाकियो

संसदीय सुनुवाई समितिले प्रधान न्यायाधीशका लागि सिफारिस दीपकराज जोशीका बारेमा शुक्रबार फेरि बैठक डाकेको छ । थप छलफल गर्नुपर्ने, कतिपय विषयवस्तु स्पष्ट हुनुपर्ने भएकाले उनले दिएको जवाफका आधारमा निष्कर्षमा पुग्न कठिन हुने निर्णयका साथ शुक्रबारका लागि बैठक डाकिएको हो ।

प्रधान न्यायाधीशका लागि सिफारिस जोशीको संसदीय सुनुवाई, फेरि शुक्रबार बैठक डाकियो

चोरी मुद्दाका फरार व्यक्ति पक्राउ

चोरी मुद्दामा झन्डै ३५ लाख जरिवाना तोकिएपछि फरार व्यक्ति पक्राउ परेका छन् । २०७२ चैत २४ गते काठमाडौं जिल्ला अदालतले चोरी मुद्दामा ३४ लाख ७२ हजार ५९१ जरिवानाको फैसला गरेपछि भुक्तान नगरी फरार रहेका नुवाकोट थानसिंङका गणेशबहादुर सुनुवारलाई केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार ककनीबाट पक्राउ गरेको जनाएको छ । 

चोरी मुद्दाका फरार व्यक्ति पक्राउ

व्यापारी हत्या आरोपी दुई जनालाई जन्मकैद

जडीबुटी बेच्दै हिँडेका ५० वर्षीय मुस्ताङका छाङदीङ गुरुङको हत्यामा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालतले दुई जनालाई जन्मकैदको सजाय तोकेको छ ।  जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले साविक आरुचौर गाविस-४ चिप्लेटीका २२ वर्षीय तिलकबहादुर विकलाई सर्वस्वसहित जन्मकैद र ५० वर्षीय शोभाखर विकलाई जन्मकैद तोकेको हो ।

व्यापारी हत्या आरोपी दुई जनालाई जन्मकैद

दुई विद्यार्थी संगठन एकता गर्न तीन उपसमिति

पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच एकता गर्न तीन उपसमिति गठन गरिएको छ । 

दुई विद्यार्थी संगठन एकता गर्न तीन उपसमिति

कामु प्रधानन्यायाधीश जोशीलाई सांसदको प्रश्न – राजस्वको मुद्दामा सरकार किन सधै पराजित हुन्छ ?

संसदीय सुनुवाईका क्रममा सांसदहरुले बिहीबार कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई राजस्वका मुद्दाहरुमा सरकार किन पराजित हुन्छ भन्ने प्रश्न गरेका छन् । 

कामु प्रधानन्यायाधीश जोशीलाई सांसदको प्रश्न – राजस्वको मुद्दामा सरकार किन सधै पराजित हुन्छ ?

अर्काे जोडी गैंडाको नाम जुर्‍योः– भालेको ‘सोल्टी’ र पोथीको ‘मितिनी’

सरकारले जनवादी गणतन्त्र चीनलाई उपहार दिन लागेको अर्को एक जोडी गैंडाको पनि नाम जुराएको छ । सौराहामा रहेको एक जोडी गैंडामध्ये भालेको नाम सोल्टी’ र पोथीको नाम ‘मितिनी’ राखिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए । 

अर्काे जोडी गैंडाको नाम जुर्‍योः– भालेको ‘सोल्टी’ र पोथीको ‘मितिनी’

सरकार र डा. केसीबीच सहमति, २७ औं दिनमा अनशन तोडियो [सहमतिपत्रसहित]

काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज स्थापना गर्न १० वर्षसम्म नयाँ आशयपत्र नदिनेलगायत नौ बुँदे सहमतिसँगै चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले बिहीबार राति अनशन तोडेका छन् ।

सरकार र डा. केसीबीच सहमति, २७ औं दिनमा अनशन तोडियो [सहमतिपत्रसहित]

शुक्रबारदेखि अाकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको निर्णय

नेपाल चिकित्सक संघले शुक्रबारदेखि देशभरका सरकारी तथा निजी अस्पतालका साथै नर्सिङ होम र क्लिनिकहरुका आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा अनसन नतोडिउनजेलसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबारदेखि अाकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको निर्णय

चिकित्सक तथा विद्यार्थी सहभागी र्‍यालीमा प्रहरी हस्तक्षेप, २५ बढी सहभागी प्रहरी नियन्त्रणमा

प्रा.डा. गोविन्द केसीको अनसनका मागहरु तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीलाई दबाब दिन शिक्षण अस्पताल महाराजगन्जबाट सुरु भई प्रधानमन्त्री निवास बालुवाटारसम्म जान लागेको विद्यार्थी र चिकित्सकहरु सम्मिलित बृहत् र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ ।

चिकित्सक तथा विद्यार्थी सहभागी र्‍यालीमा प्रहरी हस्तक्षेप, २५ बढी सहभागी प्रहरी नियन्त्रणमा

तीनपांग्रे सवारीका चालकको आन्दोलन फिर्ता

चितवनको भरतपुरस्थित मुख्य राजमार्गमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाउने भरतपुर महानगरपालिकाको निर्णयविरुद्ध आन्दोलन गर्दै आएका सवारी चालकले आन्दोलन फिर्ता लिएका छन् ।

तीनपांग्रे सवारीका चालकको आन्दोलन फिर्ता

डा.केसीको समर्थनमा रिले अनशन

आमरण अनशनरत डा. गोविन्द केसीको समर्थनमा बुधबारदेखि दमकमा रिले अनशन सुरु भएको छ । स्वतन्त्र युवा अभियानको अगुवाइमा दमकको गणतन्त्र चोकमा बिहान ८ बजेदेखि अनशन सुरु भएको हो ।

डा.केसीको समर्थनमा रिले अनशन

डा. केसी जुनसुकै बेला अचेत हुन सक्ने

डा. गोविन्द केसीको आमरण अनशन तत्काल नरोकिए उनलाई गुमाउनुपर्ने स्थिति आउन सक्ने चेतावनी चिकित्सकले दिएका छन् । ‘हामी उनको स्वास्थ्यबारे जानकारी दिन नियुक्त आधिकारिक व्यक्ति होइनौं तर २–३ दिनमा अनशन रोकिएन भने उहाँ कोल्याप्स हुने स्थितिमा पुग्न सक्नुहुन्छ,’ त्रिवि शिक्षण अस्पतालका आईसीयू विभागसँग सम्बन्धित एक चिकित्सकले कान्तिपुरसँग भने, ‘उहाँको अत्यन्त जटिल अवस्थाबारे आधिकारिक व्यक्तिलाई हामीले जानकारी दिइसकेका छौं ।’

डा. केसी जुनसुकै बेला अचेत हुन सक्ने

मंगल ग्रहमा ताल

अन्तरिक्षयानबाट राडार उपकरण प्रयोग गरी तस्बिर लिँदा मंगल ग्रहमा ताल फेला परेको छ । यससँगै वैज्ञानिकहरूले त्यहाँ जीवको अस्तित्व हुन सक्ने बलियो आधार मिलेको बताएका छन् ।

मंगल ग्रहमा ताल

पहिरोमा मृत्यु हुनेको संख्या ८ पुग्यो, १ जना अझै बेपत्ता [अपडेट]

गोसाइकुण्ड गाउँपालिका-२ टिमुरेमा बुधबार रातिको पहिरोमा मृत्यु हुनेको स‌ंख्या ८ पुगेको छ । १ जना अझै बेपत्ता छन् ।

पहिरोमा मृत्यु हुनेको संख्या ८ पुग्यो, १ जना अझै बेपत्ता [अपडेट]

फर्किन पाउँदैनन् खाडीबाट चेली

सपना घलेकी जेठी छोरी अस्ट्ेरलिया पढ्छिन् । कान्छी छोरी काठमाडौंमा चार्टर्ड एकाउन्टेन्ट बन्दैछिन् । दुई छोरीको महँगो पढाइ धान्न उनी ओमनमा श्रम गर्छिन् । तर दु:खको कुरा– सरकारको नियमका कारण उनी बिदामा घर आउन सक्दिनन् । आइगए फर्किएर जान पाउँदिनन् ।

फर्किन पाउँदैनन् खाडीबाट चेली