मंगल ग्रहमा ताल

रोयटर्स

वासिङ्टन — अन्तरिक्षयानबाट राडार उपकरण प्रयोग गरी तस्बिर लिँदा मंगल ग्रहमा ताल फेला परेको छ । यससँगै वैज्ञानिकहरूले त्यहाँ जीवको अस्तित्व हुन सक्ने बलियो आधार मिलेको बताएका छन् ।

मंगल ग्रहमा ताल

उक्त ताल १२ माइल (२० किलोमिटर) व्यासको छ । मंगल ग्रहको दक्षिणी ध्रुवीय इलाकामा पाइएको नुनको लेदोसहितको ताललाई बरफले ढाकेको छ ।

अनुसन्धान टोलीको नेतृत्व गरेका इटालियन नेसनल इन्स्टिच्युट फर एस्ट्रोफिजिक्सका वैज्ञानिक प्रोफेसर रोबेर्टो ओरोसेईका अनुसार तालको गहिराइ यति नै छ भन्ने यकिन हुन सकेको छैन । तैपनि अनुसन्धान टोलीले कम्तीमा एक मिटर गहिरो हुने आकलन गरेका छन् ।

प्रकाशित : श्रावण १०, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?