३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

डा.केसीको समर्थनमा रिले अनशन

कान्तिपुर संवाददाता

दमक — आमरण अनशनरत डा. गोविन्द केसीको समर्थनमा बुधबारदेखि दमकमा रिले अनशन सुरु भएको छ । स्वतन्त्र युवा अभियानको अगुवाइमा दमकको गणतन्त्र चोकमा बिहान ८ बजेदेखि अनशन सुरु भएको हो ।

डा.केसीको समर्थनमा रिले अनशन

बुधबार डा. सूर्यनारायण शाह, डा.नीरञ्जन बोगटी, डा.बीपी कर्ण, सुरेश सुब्बा, शेरबहादुर भट्टराई, रेगिना भट्टराई, मन्धरा पौडेल, डा.जयप्रसाद ढुंगाना र पदम भण्डारीलगायत रिले अनशनमा बसे । युवा अभियानका संयोजक मेची पुत्रले डा.केसीको माग सम्बोधन नगरेसम्म रिले अनशन जारी राख्ने बताए ।

डा.केसीको मागमा समर्थन जनाउँदै युवा अभियानले गत असार २७ गतेदेखि दैनिक दबाबमूलक प्रदर्शनसमेत गर्दै आएको छ । ‘डा.केसीका मागहरूले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रमा मनपरीतन्त्र रोक्नेछ । शिक्षा र स्वास्थ्य क्षेत्रमा धनीदेखि गरिब जनतासम्मको पहुँच सहजै पुग्नेछ । त्यसैले सरकारले माग पूरा गर्नुपर्छ,’ अनशन बसेका शेरबहादुर भट्टराईले भने ।

प्रकाशित : श्रावण १०, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?