चिकित्सक तथा विद्यार्थी सहभागी र्‍यालीमा प्रहरी हस्तक्षेप, २५ बढी सहभागी प्रहरी नियन्त्रणमा

डा. केसी अनसनको २७ औं दिन
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रा.डा. गोविन्द केसीको अनसनका मागहरु तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीलाई दबाब दिन शिक्षण अस्पताल महाराजगन्जबाट सुरु भई प्रधानमन्त्री निवास बालुवाटारसम्म जान लागेको विद्यार्थी र चिकित्सकहरु सम्मिलित बृहत् र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ ।

चिकित्सक तथा विद्यार्थी सहभागी र्‍यालीमा प्रहरी हस्तक्षेप, २५ बढी सहभागी प्रहरी नियन्त्रणमा

बिहीबार २७ औं दिनमा प्रवेश गरेसँगै उनको समर्थनमा विद्यार्थी तथा चिकित्सकहरुले र्‍याली आयोजना गरेका हुन् । उनीहरुको र्‍यालीलाई प्रहरीले सुरुमा शिक्षण अस्पतालको गेटमा नै रोक्ने प्रयास गरेको थियो । त्यहाँबाट बिस्तारै प्रहरी तालिम केन्द्रसम्म पुगेको र्‍यालीलाई प्रहरीले अगाडि बढ्न नदिएपछि विद्यार्थी र प्रहरीबीच ठेलमठेल भएको थियो ।


विद्यार्थीहरुले अगाडि बढ्न पाउनुपर्ने माग गर्दै बाटो अवरुद्ध गरेपछि प्रहरीले लगभग २५ बढी र्‍यालीका सहभागीलाई नियन्त्रणमा लिएको छ । प्रहरी र र्‍यालीका सहभागीबीच अहिले पनि तालिम केन्द्र अगाडि ठेलमठेल भइरहेको छ ।

प्रहरीले नियन्त्रणमा लिएको प्रदर्शनकारीलाई प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब पुर्‍याइएको छ ।

प्रकाशित : श्रावण १०, २०७५ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?