शुक्रबारदेखि अाकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल चिकित्सक संघले शुक्रबारदेखि देशभरका सरकारी तथा निजी अस्पतालका साथै नर्सिङ होम र क्लिनिकहरुका आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा अनसन नतोडिउनजेलसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

फाइल तस्बिर

२७ दिनदेखि चिकित्सा शिक्षा क्षेत्रको सुधार माग गरेर अनशन बसेका प्रा.डा. गोविन्द केसीको मागमा सरकार गम्भिर नभएको भन्दै संघले उक्त निर्णय गरेको हो। साथै सरकार तथा सरोकारवालाहरुलाई यथासक्य चाँडो वार्ताका माध्यमबाट समस्या समाधान गर्न पनि संज्ञले आग्रह गरेको छ।

डा. केसीले सरकारले संसदमा पेश गरेको मेडिकल शिक्षा सम्बन्धी विधेयक फिर्ता लिएर यसअघि केदारभक्त माथेमाको संयोजकत्वमा गठित समितिको प्रतिवेदनको आधारमा कानुन बनाउन माग गरेका छन्। यो उनको १५ औं अनशन हो।

सरकारले वार्ता टोली गठन गरेर डा. केसीका प्रतिनिधिसँग वार्ता गरेपनि मंगलबार रातिदेखि कुनै वार्ता भएको छैन। डा. केसीका प्रतिनिधि र टोलीबीच अनौपचारिक छलफलहरु भएपनि कुनै सहमति भएको छैन।

Yamaha

प्रकाशित : श्रावण १०, २०७५ १३:३१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मतदानबाट गाँउपालिकाको केन्द्र टुंग्याइयो

हरि गौतम

रुकुम पूर्व — स्थानीय तह घोषणा देखि नै केन्द्र विवाद रहेको पुथाउरगंगा गाउँपालिकाले मतदानबाट स्थायी केन्द्रको टुंगो लगाएको छ । बिहीबार भएको मतदानमा पुथाउरगंगा–१० को तकमा गाउँपालिकाको स्थायी केन्द्र कायम गर्ने मत प्राप्त भएको छ । 

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको केन्द्र कायम गर्न मतदानमा सहभागी हुँदै एक सदस्य । तस्बिर सौजन्य : कर्मसही घर्ती मगर

अस्थायी केन्द्र रहेको कोल र तकबीच गाउँ सभाका सदस्यहरुले मतदान गरेका थिए । जम्मा खसेको ६९ मतमध्ये पुथाउरगंगा–१० तकमा केन्द्र कायम गर्नुपर्छ भन्नेमा ४७ मत खसेको छ भने पुथाउरगंगा–१२ को कोलमै केन्द्र कायम गर्नुपर्छ भन्नेमा २२ मत खसेको थियाे। गाउँसभाका ७४ सदस्य मध्ये अध्यक्ष ओमप्रसाद घर्ती मगर मतदानमा सहभागी भएनन् । गाउँ सभाका ३ जना सदस्य जिल्ला समन्वय समितिमा गइसकेका छन् भने १ जनाको मृत्यु भएको छ ।

ढिलै भएपनि गाउँसभाले गाउँपालिकाको स्थायी केन्द्रको टुँगो लाएको अध्यक्ष ओमप्रसाद घर्ती मगरले बताए । लगभग दुई तिहाइ मत तकको पक्षमा खसेकाले गाउँपालिकाको स्थायी केन्द्र तकसेरामै कायम हुने उनले बताए ।

गाउँ सभाको निर्णय संघीय सरकारबाट स्वीकृत भएर आएपछि तकबाट औपचारिक रुपमा कामकाज सुरु हुने अध्यक्ष घर्तीले जानकारी दिए । स्थानीय तहको निर्वाचन पूर्व नै गाउँपालिकाको केन्द्र तक हुनुपर्ने भन्दै आन्दोलन भएको थियो । स्थानीय तहको संख्या तथा सिमाना निर्धारण आयोगले साविक कोल गाविसको कार्यालयलाई गाउँपालिकाको कार्यालय मानेर कामकाज चलाउन चिठ्ठी पठाएदेखि नै तकबासी आन्दोलनमा उत्रिएका थिए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा जनप्रतिनिधि निर्वाचित भएको ६ महिनामा साधारण बहुमतबाट तथा त्यो भन्दा पछि दुई तिहाई मतबाट मात्रै गाउँपालिकाको केन्द्र वा नाम हेरफेर गर्न सकिने उल्लेख गरिएको छ । गाउँपालिकाले अब ५ नम्बर प्रदेश सरकार हुँदै उक्त प्रस्ताव संघीय सरकारमा पठाउने छ । संघीय सरकारबाट स्वीकृत भएपछि मात्रै उक्त निर्णय कार्यान्वनमा जानेछ ।

प्रकाशित : श्रावण १०, २०७५ १३:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT