२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

व्यापारी हत्या आरोपी दुई जनालाई जन्मकैद

प्रतिक्षा काफ्ले

स्याङ्जा — जडीबुटी बेच्दै हिँडेका ५० वर्षीय मुस्ताङका छाङदीङ गुरुङको हत्यामा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालतले दुई जनालाई जन्मकैदको सजाय तोकेको छ ।  जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले साविक आरुचौर गाविस-४ चिप्लेटीका २२ वर्षीय तिलकबहादुर विकलाई सर्वस्वसहित जन्मकैद र ५० वर्षीय शोभाखर विकलाई जन्मकैद तोकेको हो ।

व्यापारी हत्या आरोपी दुई जनालाई जन्मकैद

हत्यामा संलग्न ३८ वर्षीया लक्ष्मी विकलाई अभियोग दाबीबाट सफाई दिइएको छ । ०७४ फागुनमा अदालतले उनलाई ३० हजार रुपैयाँमा धरौटीमा छाडेको थियो । अन्य २ जनालाई पुर्पक्षमा पठाएको थियो भने हत्यामा संलग्न ११ जनालाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।


न्यायाधीश अधिकारीको इजलासमा अदालती बयान बन्दबस्तको ११८(२) बमोजिम गुरुङलाई हत्या गरेपछि शव लुकाउन सहयोग गर्ने सोही ठाउँका उमाकान्त, पिताम्बर, कृष्णबहादुर, दुर्गाबहादुर, हर्कबहादुर, भाग्यविजयी, विशाल, सरोज, नरबहादर र सुरबहादुर विकलाई ११८ को दफा ५(३) को १० बमोजिम ६/६ महिना कैद सजाय तोकिएको जिल्ला न्यायाधीश अधिकारीले जानकारी दिए ।


चिप्लेटीका दलीत बस्तीमा १३ जनाको संलग्नतामा ०७३ पुस २७ गते गुरुङलाई हत्या गरी खाल्डोमा गाडिएको र गाउँ छिमेकमा हल्ला भए पछि उत्खनन् गरी साविक अर्जुनचौपारी गाविस-५ स्थित भट्टे पथान सामुदायिक वनमा गाडिएको अवस्थामा भेटाइएको थियो । पोस्टमार्टम तथा डाक्टरी रिर्पोटअनुसार उक्त व्यक्तिको घरेलु हतियार (चक्कु) प्रयोग गरी हत्या गरिएको पाइन्छ ।


गत पुस २७ गते स्थानीय शोभाखर विकको घरमा बास बसेको र शोभाखरका भतिज सञ्जयसँग झगडा हुँदा कुटपिटबाट उनको मृत्यु भएको बताइएको छ ।


प्रकाशित : श्रावण १०, २०७५ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?