२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

चोरी मुद्दाका फरार व्यक्ति पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — चोरी मुद्दामा झन्डै ३५ लाख जरिवाना तोकिएपछि फरार व्यक्ति पक्राउ परेका छन् । २०७२ चैत २४ गते काठमाडौं जिल्ला अदालतले चोरी मुद्दामा ३४ लाख ७२ हजार ५९१ जरिवानाको फैसला गरेपछि भुक्तान नगरी फरार रहेका नुवाकोट थानसिंङका गणेशबहादुर सुनुवारलाई केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार ककनीबाट पक्राउ गरेको जनाएको छ । 

चोरी मुद्दाका फरार व्यक्ति पक्राउ

हाल ककनी गाउँपालिका-८ मा बस्ने ४९ वर्षीय सुनुवारलाई विभिन्न ३१ वटा मुद्दामा ३४ लाख ७२ हजार ५९१ जरिवानाको फैसला भएको थियो । उनलाई जिल्ला अदालत काठमाडौंको आदेशमा कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको छ ।


सुनुवारसमेत ४ जना प्रतिवादीहरुले फरक मितिमा काठमाडौंका विभिन्न स्थानबाट सुनको सिक्री, गरगहना तथा धनमालहरु चोरी गरेका थिए । उनीहरुले चोरीका गहनाहरु प्रतिवादी सुनुवारले सञ्चालन गरेको पञ्चकन्या ज्वेलर्समा लगी प्रचलित मूल्यभन्दा सस्तोमा बिक्री गरेका थिए ।

प्रकाशित : श्रावण १०, २०७५ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?