कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधान न्यायाधीशका लागि सिफारिस जोशीको संसदीय सुनुवाई, फेरि शुक्रबार बैठक डाकियो

कान्तिपुर संवाददाता

काठमाडौँ — संसदीय सुनुवाई समितिले प्रधान न्यायाधीशका लागि सिफारिस दीपकराज जोशीका बारेमा शुक्रबार फेरि बैठक डाकेको छ । थप छलफल गर्नुपर्ने, कतिपय विषयवस्तु स्पष्ट हुनुपर्ने भएकाले उनले दिएको जवाफका आधारमा निष्कर्षमा पुग्न कठिन हुने निर्णयका साथ शुक्रबारका लागि बैठक डाकिएको हो ।

प्रधान न्यायाधीशका लागि सिफारिस जोशीको संसदीय सुनुवाई, फेरि शुक्रबार बैठक डाकियो

‘थप समय चाहिएकाले भोलिका लागि समय चाहिएको हो’ सांसद योगेश भट्टराईले कान्तिपुरसित भने । बिहीबारको संसदीय सुनुवाईमा सांसदहरुले सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गर्न आदेश भएको, एनसेल कर प्रकरणमा राजस्व नोक्सानी हुनेगरी अन्तरिम आदेश आएको, अदालतमा विचौलियाको बिगबिगी बढेको भन्दै सांसदहरुले प्रश्न उठाएका थिए ।


जवाफमा कामु प्रधानन्यायाधीश जोशीले आफू निष्पक्ष र तटस्थ न्याय सम्पादनका लागि प्रतिबद्ध रहेको भन्दै अदालतमा विचाराधिन विषयमा भने प्रतिक्रिया नदिने बताए । उनले आफ्नो प्रमाणपत्रबारे उठेको प्रश्नमा समितिको सभापतित्व गरेका लक्ष्मणलाल कर्णलाई कागजात बुझाउँदै सञ्चारमाध्यममा आएका विषयवस्तुहरु सही नभएको प्रतिक्रिया दिए ।


प्रकाशित : श्रावण १०, २०७५ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?