समाचार
श्रावण ११, २०७५

मेडिकल कलेज मोफसलतिर

सरकार र डा. गोविन्द केसीबीच बिहीबार भएको सहमतिले राजधानीबाहिर स्वास्थ्य शिक्षाको पहुँचलाई निश्चित गरेको छ । सहमतिपत्रको पहिलो बुँदाको २२ औं नम्बरमा भनिएको छ, ‘कुनै पनि सार्वजनिक मेडिकल कलेज वा प्रतिष्ठान नभएका प्रदेशमा सरकारले यो ऐन प्रारम्भ भएको ५ वर्षभित्र कम्तीमा एउटा सार्वजनिक मेडिकल कलेज सञ्चालन गर्नुपर्नेछ ।’

कांग्रेसको अबको मुद्दा : ‘फरक दलका सभामुख र उपसभामुख’

संसद्‍का सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले संसद्‌मा विरोध गरेको छ । डा. गोविन्द केसीको जीवनरक्षा र अध्यादेशअनुसारै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने भन्दै कांग्रेसले तीन सातादेखि संसद् अवरोध गरेको थियो । कांग्रेसको अवरोधले एक साता संसद् बैठक चलेन ।

कहिले खुल्छ मलेसिया ?

दुई महिनायता मलेसियाबाट नेपाल आउने हिमालयन र नेपाल एयरलाइन्सका जहाज यात्रुले भरिभराउ छन् । नेपालबाट मलेसिया उडदा भने अधिकांश सिट खाली हुन्छन् । यतिखेर यी एयरलाइन्सको व्यापार बिदामा आएका कामदारले मात्रै धानिदिएका छन् । 

बोलपत्रबिनै प्रधानमन्त्रीको कार्यक्रम उत्पादन जिम्मा निजी कम्पनीलाई

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको उत्पादन र सञ्चालन जिम्मा निजी कम्पनीलाई दिएको छ । कार्यालयले सरकारी खर्चमा कार्यक्रम उत्पादनको जिम्मा बोलपत्र आह्वानबिनै कथा नेपाललाई दिएको हो ।

राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी ओलीले सरकारको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदन शुक्रबार प्रस्तुत गरेका छन् ।

कार त्रिशूली नदीमा खस्यो, एक जनाको मृत्यु

त्रिशूली नदीमा कार खस्दा एक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गमा पर्ने धादिङ गजुरी गाउँपालिका–६, जहरेखेतमा शुक्रबार अपराह्न सडकबाट कार त्रिशूली नदीमा  खसेको हो ।

चुम्लिङटार बस दुर्घटनाका चालक भन्छन्, 'अचानक ट्रक देखर ब्रेक लगाउँदा बस चिप्लियो'

पृथ्वीराजमार्गको ईच्छाकमना गाउँपालिका–३, कुरिनटार नजिक चुम्लिङटारमा शुक्रबार मध्याह्न बस दुर्घटना हुँदा कम्तीमा सातजनाको ज्यान गयो । बसका चालक पनि घाइते भए । काठमाडौंबाट पोखरा हुँदै स्याङ्जा जाने ना ६ ख २५०६ नम्बरको बस ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठोक्कियो ।

खोइ ३३ प्रतिशत महिला ?

निर्वाचन आयोगले एक महिनाभित्र सबै तहका पार्टी समितिमा ३३ प्रतिशत महिला पुर्‍याउन दिएको निर्देशन कुनै पनि राजनीतिक दलले पालना गरेका छैनन् । आयोगले जेठ २३ मा कानुनले तोकेअनुसार संरचना समावेशी बनाउन १ सय २५ दललाई पत्राचार गरेको थियो ।

प्रक्रियाअनुसार चिकित्सा विधेयक अघि बढ्छ : सचेतक गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ संसदीय प्रक्रियाअनुसार अघि बढ्ने बताएका छन् । 

ADVERTISEMENT

प्रधानन्यायाधीशको सुनुवाई आइतबार बिहान

व्यवस्थापिका संसदको संसदीय सुनुवाई समितिको बैठक आइतबार बिहानसम्मका लागि सरेको छ । विहीवारको संसदीय सुनुवाईपछि शुक्रवारका लागि डाकिएको बैठक आईतवार विहान ८ बजेका लागि डाकिएको हो ।

चिकित्सा शिक्षा विधेयक संसद्‌मा पेस 

सरकारले चिकित्सा शिक्षा विधेयक दोस्रोपटक संसदमा पेश गरेको छ । अघिल्लो संसदमा पेश भएको विधेयकमा सहमति जुट्न नसकेपछि निष्क्रिय भएपछि सरकारले फेरि अर्को विधेयक संसदमा पेश गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शुक्रबारको बैठकमा विधेयक पेश गरेका हुन् ।

घुससहित गाउँपालिकाका लेखापाल पक्राउ

पर्साको धोबनी गाउँपालिका कार्यालयका लेखापाल र नायव सुब्बालाई ठेकेदारले दिएको एक लाख १० हजार रुपैयाँसहित अख्तियार दुरुपायोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । 

कतै भ्रष्टाचार भएको थाहा पाउनुभयो भने भन्नुहोस्, म अनुहार नहेरी कारबाही गर्छुः प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारका काम कारबाहीबारे संसद्मा डटेर कुरा राख्न पार्टीका सांसद्लाई निर्देशन दिएका छन् ।

छात्राको अस्मितामाथि प्रश्न उठाउने प्रसाईंलाई कारबाहीको माग 

प्रमुख प्रतिपक्ष दलका सांसदहरुले मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई कारबाहीको माग गरेका छन् । प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा सांसदहरुले प्रसाईंलाई कारबाहीको माग गरेका हुन् । 

ADVERTISEMENT

संसदको दोस्रो बैठक सुरु, गगन थापा र सरिता गिरीले फिर्ता लिए विरोध  

प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदहरुले डा. गोविन्द केसी र सरकारबीच बिहीबार राती भएको सहमति सदनमा जानकारी नगराएको भन्दै अबरोध गरेपछि स्थागित संसदको बैठक सुरु भएको छ ।

अपडेट : चुम्लिङटार दुर्घटनामा मृत्यु हुनेको सनाखत

इच्छाकामना गाउँपालिका–३ कुरिनटार, चुम्लिङटारमा शुक्रबार मध्याह्न बस र ट्रक जुध्दा आठ जनाको मृत्यु भएको छ । काठमाडौंबाट स्याङ्जा आउँदै गरेको ना६ख २५०६ नम्बर बस र मुग्लिनबाट जाँदै गरेको ना५ख ७४०९ नम्बर ट्रक ठोक्किएका हुन् ।

प्रधानमन्त्री निवासमा केसीसँगको सहमतिबारे नेकपाका सांसदलाई ब्रिफिङ

नेपाल कम्युनिष्ट पार्टीले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा. गोविन्द केसीसँग भएको सहमतिबारे आफ्नो सांसदलाई आज जानकारी गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकमा दलका उपनेता एवं उक्त सहमतिको पहलकर्ता सुवास नेम्वाङले सो सहमतिबारे जानकारी गराएका थिए ।

प्रधानसेनापति थापा

सरकारले कायम–मुकायम प्रधानसेनापतिमा बलाधिकृत रथी पूर्णचन्द्र थापालाई सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले नेपाली सेनाभित्रको वरीयता क्रमअनुसार थापालाई जिम्मेवारी दिन सिफारिस गरेको हो ।

उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने

काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज स्थापना गर्न १० वर्षसम्म नयाँ आशयपत्र नदिनेलगायत नौबुँदे सहमतिसँगै चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले बिहीबार राति अनशन तोडेका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT

फिरौती लिएपछि बालकको हत्या

जितपुर सिमरा उपमहानगरपालिका–७, बाट डेढ महिनाअघि अपहरित ९ वर्षीय बालक अंकित गुप्ताको हत्या भएको खुलेको छ । उनी गत जेठ २२ मा घरछेउ साथीको घरमा खेल्न गएका बेला अपहरणमा परेका थिए ।

१५ वर्षपछि फर्कियो खुसी

हराएको छोरालाई १५ वर्षपछि आँखैअघि देख्दा ५० वर्षे बाबु डिल्लीराम पुन बोल्नै सकेनन् । ६ वर्षीय छोरा विक्रम हराएपछि उनले चारैतिर खोजे । भेटेनन्, केही उपाय नलागेपछि घरमै बसिरहेका थिए । बुधबार विक्रमलाई देखेपछि बाबु डिल्लीराममा खुसीको सीमै थिएन ।

जोशीको निर्णय एक दिन थाती

प्रधानन्यायाधीशका लागि दीपकराज जोशीको संसदीय सुनुवाइ बिहीबार सकिएको छ । संसदीय सुनुवाइ समितिले ‘थप बुझ्नुपर्ने’ भन्दै शुक्रबार फेरि बैठक डाकेको छ । समितिले शुक्रबारै निर्णय दिनेछ ।

बस्तीमै पहिरो: ९ को मृत्यु, १२ घाइते

गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा बुधबार राति पहिरोले पुरिएर ९ जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् । पहिरो बस्तीभन्दा करिब ४ किमि माथिबाट आएको हो ।

शताब्दीकै लामो चन्द्रग्रहण आज

शुक्रबार राति यो शताब्दीकै लामो खग्रास चन्द्रग्रहण लाग्दै छ । ३ घण्टा ५५ मिनेट रहने ग्रहण नेपालबाट देख्न सकिन्छ । राति १२ बजेर ९ मिनेटमा ग्रहण सुरु हुनेछ भने १ बजेर १५ मिनेटमा चन्द्रमा पूरै ढाकिनेछ ।

ADVERTISEMENT

कांग्रेसमा विवाद: क्रियाशील सदस्यता कारक

नियमित समयमै भए कांग्रेसको १४ औं महाधिवेशन अबको २० महिनामा हुनेछ । तर, भावी नेतृत्व लिने महत्त्वाकांक्षाका साथ नेताहरू आन्तरिक रणनीतिमा अहिल्यैदेखि होमिएका छन् । सतहमा नेतृत्वबीचको टकराव दुई कित्तामा देखिन्छ ।

पाइपबाटै ग्यास

जतुवा क्षेत्रमा अचेल धमाधम पाइप बिछ्याइँदै छ । त्यसबाट पानी होइन, ग्यास बग्नेछ । यही साउनभित्र । महानगर १४ को यस इलाकाका बासिन्दाको चुलोमा त्यही पाइपको ग्यास आइपुग्नेछ ।

फोहोरबाट ग्यास

फोहोरबाट बायोग्यास । दिनको १ सय ५० सिलिन्डर उत्पादन । गोटाको ९ सय रुपैयाँ मूल्य । हाम्रै नवलपरासीमा । हो, पश्चिम नवलपरासीको सुक्रौलीमा ‘फोहोरबाट मोहर’ फल्न थालेको छ । इन्भिपावर इनर्जी एन्ड फर्टिलाइजर प्रालिले खाना पकाउने ग्यास निकालेर बेच्न सुरु गरिसकेको छ ।