कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रधानसेनापति थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले कायम–मुकायम प्रधानसेनापतिमा बलाधिकृत रथी पूर्णचन्द्र थापालाई सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले नेपाली सेनाभित्रको वरीयता क्रमअनुसार थापालाई जिम्मेवारी दिन सिफारिस गरेको हो ।

प्रधानसेनापति थापा

प्रधानसेनापतिको नियुक्ति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने संविधानमा व्यवस्था छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकाल आगामी भदौ २४ मा सकिँदै छ । कार्यकाल सकिनुअगाडि एक महिना बिदा बस्ने प्रचलनअनुसार क्षत्री साउन २४ बाट बिदा बस्नेछन् ।

त्यसपछि थापाले कायममुकायमको जिम्मेवारी सम्हाल्नेछन् । क्षत्रीको कार्यकाल भदौ २४ मा सकिएपछि थापा नै प्रधानसेनापति हुनेछन् ।

प्रकाशित : श्रावण ११, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?