कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

अपडेट : चुम्लिङटार दुर्घटनामा मृत्यु हुनेको सनाखत

चितवन — इच्छाकामना गाउँपालिका–३ कुरिनटार, चुम्लिङटारमा शुक्रबार मध्याह्न बस र ट्रक जुध्दा आठ जनाको मृत्यु भएको छ । काठमाडौंबाट स्याङ्जा आउँदै गरेको ना६ख २५०६ नम्बर बस र मुग्लिनबाट जाँदै गरेको ना५ख ७४०९ नम्बर ट्रक ठोक्किएका हुन् ।

अपडेट : चुम्लिङटार दुर्घटनामा मृत्यु हुनेको सनाखत

मृतक सबै बसका यात्रु छन् । शुक्रबार बेलुकीसम्म ६ जनाको मात्र सनाखत हुन सकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रभुप्रसाद ढकालले बताए । तिनमा तनहुँको भानु नगरपालिका–५ का २७ वर्षीय सुमित श्रेष्ठ, भन्सारकी २७ वर्षीया कमला श्रेष्ठ, केशवटारका ४० वर्षीय बाबुराम तिवारी, पाल्पाका बेगनास कालिका गाउँपालिकाका ३२ वर्षीय अर्जुन न्यौपाने, काठमाडौंकी ३० वर्षीया रविन गुरुङ र भारत बिहारका फिरोज मियाँ छन् । अन्दाजी १९ वर्षकी एक महिला र तीन वर्षका एक बालकको सनाखत हुन सकेको छैन ।


दुर्घटनामा १७ यात्रु घाइते भएका छन् । तीमध्ये ६ जनाको भरतपुरस्थित पुरानो मेडिकल कलेज, चार जनाको मनकामना अस्पताल, पाँच जनाको पोखरा, एक जनाको काठमाडौं र अर्का एक जनाको धादिङ, मलेखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तस्बिरः हरिहरसिंह राठौर/कान्तिपुर

बस चालक स्याङ्जाका ५१ वर्षीय उदयराज लामिछाने पनि घाइते छन् । उनको चितवन कलेज अफ मेडिकल साइन्सेसको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ट्रक एक्कासि अगाडि आएपछि ब्रेक लगाउँदा दुर्घटना भएको लामिछानेले बताए । ‘बिहान ६ बजे काठमाडौंबाट हिँडेको हो । दुई घण्टाजति जाममा परियो । चुम्लिङटारमा आउँदा अचानक अगाडि ट्रक देखेर ब्रेक लगाएको थिएँ । त्यसपछि बस चिप्लिएको थाहा छ । अरू केही मेसो पाइनँ,’ उनले भने । दुर्घटनाका बेला वर्षा भइरहेको थियो ।


तस्बिरः हरिहरसिंह राठौर/कान्तिपुर

प्रहरीका अनुसार विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग बस ठोक्किएको थियो । ‘त्यो ठाउँमा हल्का ओरालो छ । गाडी रोकेर पानी खाने र ट्रक धुने ठाउँ पनि छ । स्थानीयले बाटोमा अचानक ट्रक निस्केको र बससँग ठोक्किएको बताएका छन्,’ इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्म केसीले बताए । ट्रक चालक प्रहरी नियन्त्रणमा छन् । उनीसँग सोधपुछ गर्न बाँकी रहेको केसीले बताए ।

‘अवस्था हेर्दा चालकको लापरबाही देखिन्छ । कुन चालकले लापरबाही गर्‍यो, अनुसन्धानपछि खुल्ला,’ डीएसपी ढकालले भने । ट्रकसँग ठोक्किएपछि बस सडकबाट १५ फिट तल खसेर खोंचमा अडेको थियो । खोंचभन्दा तल त्रिशूली नदी छ । सडकमा सुरक्षा बार पनि नभएको ढकालले बताए ।

भरतपुर अस्पतालको शव गृहमा रहेका मृतकहरू :-

१. जिल्ला पाल्पा बेगनासकालिका गा.पा. बस्ने वर्ष ३२ को अर्जुन न्यौपाने ।

२. हाल नाम थर वतन नखुलेको अं.वर्ष २/३ को बालक ।

३. हाल नाम थर वतन नखुलेको अं.वर्ष १८/१९ की महिला ।

४. जि.तनहुँ भानु न.पा.५ बस्ने वर्ष २७ को सुमित श्रेष्ठ ।

५. जिल्ला तनहुँ भन्सार बस्ने अं. वर्ष २७ की कमला श्रेष्ठ ।

६. जिल्ला काठमाडौं बस्ने वर्ष ३० को रबिन गुरुङ ।

७. जिल्ला तनहुँ केशवटार बस्ने वर्ष ४० को बाबुराम तिवारी ।

८. भारत बिहार बेतिया बस्ने फिरोज मिया ।

अस्पतालबाट प्राप्तर जानकारी अनुसार घाईतेहरूको हालसम्मको अवस्था :–

धादिङको गजुरी स्थित स्थानीय अस्पतालमा


१.जि.धादिङ गजुरी बस्ने वर्ष २२ को सन्तोष सुवेदी - मध्यम ।


पुरानो मेडिकल कलेज भरतपुरमा :-

१. बस चालक जिल्ला स्याङजा पुतली बजार न.पा.१ बस्ने वर्ष ५१ को उदयराज लामिछाने - मध्यम ।

२. जिल्ला चितवन कालिका न.पा. शक्तिखोर बस्ने वर्ष ९ को क्रिस गुरुङ - मध्यम

३. जिल्ला कास्की पोखरा बस्ने वर्ष ४५ को भक्त ब.बस्नेत - गम्भीर ।

४. जिल्ला नुवाकोट बिदुर न.पा.५ बस्ने वर्ष १८ को सौजन गजुरेल - मध्यम ।

५. जिल्ला कास्की पोखरा बस्ने वर्ष २५ को मेघ बहादुर पुन - मध्यम ।

६. जिल्ला तनहु डुम्रे भन्सार बस्ने वर्ष ५१ को बिष्णु कु.श्रेष्ठ - मध्यम ।


मनकामना अस्पताल भरतपुरतमा :-

१ जिल्ला धादिङ निलकण्ठ न.पा. ६ बस्ने वर्ष २१ की रमिता राना, गम्भीर ।

२. जिल्ला स्याङजा वालिङ न.पा. ९ बस्ने वर्ष ४० को प्रमोद पंगेनी गम्भीर ।

३. जिल्ला पर्वत कुश्मा न.पा. १४ बस्ने वर्ष ४० को बासुदेव पौडेल, गम्भीर ।

४. जिल्ला तनहुं छिम्केश्वसरी गा.पा. ५ बस्ने वर्ष ५५ की प्रतिमाया गुरुङ गम्भीर ।


मणिपाल अस्पताल पोखरामा :-


१. जिल्ला स्याङजा वालिङ न.पा.९ बस्ने वर्ष ४० को एनएल गर्चन

२. जिल्ला स्याङजा वालिङ न.पा.१३ बस्ने वर्ष ३५ को रमेश थापा

३. जिल्ला स्याङजा वालिङ न.पा.१२ बस्ने वर्ष ३२ को निमेश न्यौपाने

४. जिल्ला स्याङजा वालिङ न.पा. ८ बस्ने वर्ष ३५ को दिल बहादुर थापा

५. जिल्ला स्याङजा पुतली बजार बस्ने वर्ष २५ को मिन प्रसाद तिवारी


वीरेन्द्र सैनिक अस्पताल छाउनी काठमाडौं :-


१.जिल्ला तनहुं भानु न.पा. ६ बस्ने वर्ष ४५ को राम बहादुर खडका ।


प्रकाशित : श्रावण ११, २०७५ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?