१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

घुससहित गाउँपालिकाका लेखापाल पक्राउ

भूषण यादव

वीरगन्ज — पर्साको धोबनी गाउँपालिका कार्यालयका लेखापाल र नायव सुब्बालाई ठेकेदारले दिएको एक लाख १० हजार रुपैयाँसहित अख्तियार दुरुपायोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । 

घुससहित गाउँपालिकाका लेखापाल पक्राउ

शुक्रबार विहान वीरगन्ज महानगरपालिका १४ पिप्रास्थित डेरामा ठेकेदारसँग घूस रकम लिंदालिंदै अख्तियारको टोलीले पक्राउ गरेको हो । गाउँपालिकाका लेखापाल रौतहटको गरुडा नगरपालिका–६ निवासी कृष्णनन्दन राय यादव र नायव सुब्बा वारा पचरौता–२ निवासी एनामुल हक अन्सारीलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

गाउँपालिकाको सन्सारी माई मन्दिरको मर्मत सम्भार गरी पर्खाल निर्माण र सडक ढलानको ठेक्का फस्र्योट गर्दा कूल ठेक्काको १० प्रतिशत कमिशन घूस वापत लेखापालले माग गरेका थिए । ‘ठेकेदारले कार्य सम्पन्न गरी विगत एक महिना देखि ठेक्का रकमका लागि दौडधुप गरिरहेका थिए,’ नाम उल्लेख नगर्ने शर्तमा अख्तियारका एक पदाधिकारीले भने, ‘ठेक्का फस्र्यौटका लागि लेखापालबाट रकम माग भएपछि अख्तियारलाई सूचना आएको हो ।’


ठेकेदारका अनुसार मन्दिरको ठेक्काबाट ४० हजार र सडक ढलानको ठेक्काबाट ७० हजार घूस दिइएको हो ।

प्रकाशित : श्रावण ११, २०७५ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?