२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

चिकित्सा शिक्षा विधेयक संसद्‌मा पेस 

मकर श्रेष्ठ

काठमाडौँ — सरकारले चिकित्सा शिक्षा विधेयक दोस्रोपटक संसदमा पेश गरेको छ । अघिल्लो संसदमा पेश भएको विधेयकमा सहमति जुट्न नसकेपछि निष्क्रिय भएपछि सरकारले फेरि अर्को विधेयक संसदमा पेश गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शुक्रबारको बैठकमा विधेयक पेश गरेका हुन् ।

चिकित्सा शिक्षा विधेयक संसद्‌मा पेस 

शिक्षा मन्त्रालयले असार २२ मा संसदमा दर्ता गराएको विधेयकमा राखिएको व्यवस्थाको विरोध गर्दै डा. गोबिन्द केसी अनसन बसेपछि संसदमा पेश हुन सकेको थिएन । सरकार र केसीबीच बिहीबार सहमती भएसंगै विधेयक पेश गर्न बाटो खुलेको हो । प्रमुख प्रतिपक्ष कांग्रेसले पनि केसी उठाएको विषय सुनुवाई नभएसम्म विधेयक पेश गर्न नदिने भन्दै विरोध जनाएका थिए ।


शुक्रबारको बैठकमा सांसदहरुको सरकार र केसीबीच भएको सम्झौता पत्र सांसदहरुलाई वितरण नगरेसम्म विधेयक पेश गर्न नदिने भन्दै संसद केहीबेर अवरोध पनि भएको थियो । सांसदहरुलाई सम्झौता पत्र वितरण गरेपछि पुन: सदन सुचारु भएको हो ।


सरकारले सदनमा दर्ता गरेको विधेयकको विरोधमा सांसद गगन थापा, सरिता गिरी र प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए । सरकारले केसीसँग सम्झौता गरेको भन्दै थापा र गिरीले विरोधको सूचना फिर्ता लिए । सुवालको विरोधको सूचना फिर्ता नलिएपछि निर्णयार्थ पेश गर्दा बहुमतले अस्वीकृत भएको छ ।


थापा र गिरीले विरोधको सूचना फिर्ता लिएको र सुवालको सूचना अस्वीकृत भएपछि सभामुख कृष्णबहादुर महराले मन्त्री पोखरेललाई विधेयक पेश गर्न अनुमति दिएको थिए ।

प्रकाशित : श्रावण ११, २०७५ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?