कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

प्रक्रियाअनुसार चिकित्सा विधेयक अघि बढ्छ : सचेतक गुरुङ

रासस

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ संसदीय प्रक्रियाअनुसार अघि बढ्ने बताएका छन् । 

प्रक्रियाअनुसार चिकित्सा विधेयक अघि बढ्छ : सचेतक गुरुङ

प्रतिनिधिसभाको शुक्रबारको बैठकपछि संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त विधेयक सरकार र प्रा डा गोविन्द केसीबीच भएको नौ बुँदे सहमति मन्त्रिपरिषद्को निर्णयबाट सदनमा प्रवेश हुने जानकारी दिए । विधेयकमा के के संशोधन हाल्ने भन्ने कुरा सरकारमार्फत आएपछि संशोधनको प्रक्रियाबाट अघि बढ्ने उनले बताए ।


आइतबार सैद्धान्तिक छलफल हुने र त्यसपछि ७२ घण्टे संशोधनको प्रक्रिया सुरु हुने जानकारी गराउँदै उनले उक्त अवधिमा सहमतिअनुसारका संशोधनका बारेमा छलफल हुने बताए ।

प्रकाशित : श्रावण ११, २०७५ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?