कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चुम्लिङटार बस दुर्घटनाका चालक भन्छन्, 'अचानक ट्रक देखर ब्रेक लगाउँदा बस चिप्लियो'

रमेशकुमार पौडेल

चितवन — पृथ्वीराजमार्गको ईच्छाकमना गाउँपालिका–३, कुरिनटार नजिक चुम्लिङटारमा शुक्रबार मध्याह्न बस दुर्घटना हुँदा कम्तीमा सातजनाको ज्यान गयो । बसका चालक पनि घाइते भए । काठमाडौंबाट पोखरा हुँदै स्याङ्जा जाने ना ६ ख २५०६ नम्बरको बस ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठोक्कियो ।

चुम्लिङटार बस दुर्घटनाका चालक भन्छन्, 'अचानक ट्रक देखर ब्रेक लगाउँदा बस चिप्लियो'

बसका चालक स्याङ्जाका ५१ वर्षीय उदयराज लामिछाने पनि घाइते छन् ।


भरतपुरमा रहेको चितवन कलेज अफ मेडिकल साइन्सेसको शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार गराइरहेका उनले अगाडि अचानक ट्रक देखिएपछि ब्रेक लगाउँदा घटना भएको बताए । ‘स्याङ्जाका लागि बिहान ६ बजे काठमाडौंबाट हिँडेको हो । दुई घण्टा जति जाममा परियो । चुम्लिङटारमा आउँदा अचानक अगाडि ट्रक देखरे ब्रेक लगाएको थिएँ । त्यसपछि बस चिप्लिएको थाहा छ । अरु त मैले केही मेसो पाइनँ’ उपचार गराइरहेका लामछिानेले भने । प्रहरीका अनुसार विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग बस ठोक्किएको थियो । बस सडकबाट ७० मिटर तल त्रिशूली नदीतर्फ खसेको थियो । खोँचमा गएर अड्केका कारण नदीमा खस्नबाट भने जोगियो ।


उद्धारमा खटेका प्रहरीले घटनास्थलमा पाँचजनाको निधन भएको बताएका थिए । तर, चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार उपचारका लागि पुरानो मेडिकल कलेज ल्याइएका १० जना घाइतेमध्ये तीनजनालाई चिकित्सकले मृत घोषणा गरेका छन् । त्यो बाहेक चुम्लिङटार दुर्घटनामा निधन भएका चारजनाको शव भरतपुरको सरकारी अस्पतालमा राखिएको छ ।


चुम्लिङटार दुर्घटनामा घाइते भएका बस चालक उदयराज लामिछाने । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर ।

प्रकाशित : श्रावण ११, २०७५ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?