३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कार त्रिशूली नदीमा खस्यो, एक जनाको मृत्यु

हरिहरसिंह राठौर

धादिङ — त्रिशूली नदीमा कार खस्दा एक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गमा पर्ने धादिङ गजुरी गाउँपालिका–६, जहरेखेतमा शुक्रबार अपराह्न सडकबाट कार त्रिशूली नदीमा  खसेको हो ।

कार त्रिशूली नदीमा खस्यो, एक जनाको मृत्यु

काठमाडौंबाट पोखरा जाँदै गरेको बा १४ च ३७५८ नम्बरको कार नदीमा खस्दा कास्की बैदामका ५१ वर्षीय मधुकर सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । कारसँगै नदीमा खसेका सुवेदीलाई नेपाली सेनाले उद्धार गरी गजुरी अस्पतालमा पुर्‍याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कारमा सवार दुई जना भने पौडिएर बाँचेका छन् ।


कार चालक रामेछापका सानुबाबु सुनुवार र ललितपुर इमाडोलका शैलेन्द्र राउत सामान्य घाइते भएका छन् ।


तीव्र गतिका कारण अनियन्त्रित भई कार त्रिशूली नदीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

प्रकाशित : श्रावण ११, २०७५ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?