१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

केन्द्रीय कारागारमा सिसी टिभी जडान

रासस/याेन्हाप

काठमाडौँ — मुलुककै सबैभन्दा धेरै कैदीबन्दी क्षमताको केन्द्रीय कारागारमा सिसी टिभी जडान भएको छ ।

केन्द्रीय कारागारमा सिसी टिभी जडान

१ सय ४ वर्ष पुरानो केन्द्रीय कारागारमा धेरै कैदीबन्दी र विभिन्न समयमा कारागारबाट बन्दी भाग्ने गरेको घटना बढेपछि सुरक्षाका लागि सिसी टिभी क्यामरा जडान गरिएको हो ।


केन्द्रीय कारागार कार्यालयका लेखा अधिकृत कुलप्रसाद रेग्मीले १५ लाख रुपैयाँको लागतमा ३० वटा क्यामरा जडान गरिएको जानकारी दिए । 'अहिले केन्द्रीय र भद्रगोल कारागारमा सिसी क्यामरा जडान गरेका छौँ, अर्को वर्ष महिला जेलमा पनि सिसी क्यामरा जडान गर्नेर्छौँ,' उनले भने ।


हाल केन्द्रीय कारागारमा एक हजार ६ सय ९५, भद्रगोल कारागारमा ७ सय ९० र महिला कारागारमा ३ सय १८ कैदीबन्दी गरी दुई हजार ८ सय ३ र नाबालक चारजना रहेको रेग्मीले बताए । केन्द्रीय कारागारमा राखिएको क्यामराको निगरानी प्रहरी प्रमुख र कारागार प्रमुखले गर्नेछन् ।


केन्द्रीय कारागार सुरक्षा कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले सिसी क्यामरा जडानसँगै जेलको सुरक्षामा सहज हुने बताए ।


'धेरै कैदीबन्दी हुँदा सबैलाई भित्र गएर निरीक्षण गर्न सकिँदैन, सिसी क्यामरा भएपछि निगरानीमा सहज हुन्छ,' उनले भने ।


जेलभित्र कैदीबन्दीले के–कस्ता काम गर्छन् भन्ने बारेमा धेरै कैदीबन्दी आवतजावत गर्ने मुख्य चोकमा सिसी क्यामरा राखिएको हो ।


कारागार व्यवस्थापन विभागका अनुसार हाल नेपालका ७२ जिल्लाका ७४ कारागारमा १८ हजारभन्दा धेरै कैदीबन्दी छन् ।

प्रकाशित : श्रावण १२, २०७५ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?