१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कांग्रेसको विश्व सञ्जाल गठन 

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वका ३२ देशहरुमा रहेको कांग्रेसको जनसम्पर्क समितिलाई एउटै छाता मुनी ल्याउने उद्देश्य राखेर अन्तर्राष्ट्रिय समन्वय समिति ‘विश्व सञ्जाल’ गठन गरिएको छ । 

कांग्रेसको विश्व सञ्जाल गठन 

जनसम्पर्क समितिका अध्यक्ष र पदाधिकारीहरुको परामर्शपछि विश्व सञ्जाल गठन गरेको हो ।

सञ्जालको अध्यक्षमा अमेरिकाका विष्णु सुवेदी छन । उपसभापतित्रयमा यूएईका चित्र केसी, कञ्चन पोखरेल, नवराज शिवाकोटी, महामन्त्रीमा चिन्तामणि सापकोटा, सहमहामन्त्री भूपि गोविन्द श्रेष्ठ, सहमहामन्त्रीमा नविन आचार्य, कोषाध्यक्षमा सुभाष घिमिरे छन् ।

सदस्यहरुमा कुलबहादुर गुरुङ, विराट श्रेष्ठ, डिपी कंडेल, राजेन्द्र जमरकट्टेल, अंविर जोशी, उत्तम कडेँल, टिकाराम सापकोटा, पूर्ण तिम्सिना, दीपक रेग्मी, कुश बस्नेत, उषा भूषाल, हेमराज पाण्डे, वेदनिधि आचार्य, नवराज लामिछाने, विष्णु सापकोटा, राजेन्द्र विरही, भवानी शंक तिवारी, ताराप्रसाद बंजाडे र ज्ञानेन्द्र खत्री छन् ।

पार्टीलाई सांगठनिक रुपमा सहयोग पुर्‍याउन, जनसम्पर्क समितिको विधानमा एकरुपता ल्याउनका लागि विश्व सञ्जाल गठन भएको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित : श्रावण १२, २०७५ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?