कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३६ लाख घूससहित सहरी विकास कार्यालय रुपन्देहीका प्रमुख पक्राउ

घनश्याम गौतम

रुपन्देही — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा सहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई ३६ लाख रुपैयाँ घूससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले शनिबार भैरहवाबाट ठाकुरलाई र नगद रकम बोकेर विरगन्ज घरतर्फ जाँदै गरेकी उनकी श्रीमतीसहित पक्राउ गरेको छ ।

३६ लाख घूससहित सहरी विकास कार्यालय रुपन्देहीका प्रमुख पक्राउ

३६ लाखमध्ये केही नगद र केही बैंकमा रकम जम्मा गरेको भौचर फेला परेको अख्तियार अनुसन्धान आयोगको कार्यालय बुटवलका शाखा अधिकृत सुरेश भुसालले बताए ।


त्यस्तै, शनिबार बिहान नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले गुल्मीमा सञ्चालित तम्घास सिमलटारी प्यूठान सडक आयोजनाका सव-इन्जिनियर प्रकाश झालाई पनि पक्राउ गरेको छ । १ लाख नगद घूससहित उनलाई तम्घासस्थित उनकै कोठाबाट पक्राउ गरेको हो ।


प्रकाशित : श्रावण १२, २०७५ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?